Comments Add Comment

‘लिलिबिली’ गीत रिलिज, टर्कीमा प्रदिप र प्रियंकाको प्रेम


काफिया फिल्मस्, सुदिप खड्का प्रोडक्शन र चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘लिलिबिली’ चैत्र ३० गतेबाट रिलिज हुँदैछ । चलचित्रको २ वटा गीत र ट्रेलर सार्वजनिक भैसकेको छ ।

अब, यसको निर्माणपक्षले चलचित्रमा समावेश ‘हावा सरी’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का र नायिका प्रियंका कार्कीलाई फिचरिङ गरिएको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

एस.डी योगी र मेनुका पौडेलको स्वर रहेको यो गीतमा एस.डी योगीको संगीत, दिपेन्द्र घिमिरेको शब्द छ । यो चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । गोविन्द शाही, सुदिप खड्का र मिलन चाम्सले मिलेर यो चलचित्र निर्माण गरेका हुन् । चलचित्रमा प्रदिप र प्रियंकाको अलवा नव-नायिका जसिता गुरुङ, अनुप विक्रम शाही, सविन श्रेष्ठ मुख्य भूमिकामा छन् ।

यो गीतको अडियो कमजोर छ । यसअघि सार्वजनिक भएका २ गीत भन्दा पनि यसको अडियो कमजोर छ । भिडियोलाई टर्कीको इस्तानबुलमा खिचिएको छ । भिडियोको मेकिङ र क्वालिटी प्रशंसायोग्य नै छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोलाई सुदिप बरालले खिचेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment