Comments Add Comment

दुर्इ जना लागूऔषध कारोवारी पक्राउ

१२ चैत, काठमाडाैं ।  प्रहरीले ३०० थान लागूऔषधसहित कारोवारीहरुलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ताप्लेजुङ आठै त्रिवेणी गाउँपालिका-७ घर भइ काठमाडौं महानगरपालिका-२६ मित्रनगर बस्ने २५ वर्षे लाक्पा शेर्पा र तेह्रुथुमको लालिगुराँस गाउँपालिका-४ स्थायी घर भएका २१ वर्षे पासाङशेर्पा रहेका छन् ।

उनीहरुको साथबाट एक/एक सय थान नुफिर्न, फेनार्गन र डाइजेपाम बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment