Comments Add Comment

प्लेन ल्यान्ड हुन नसकेपछि प्रदिपले पठाए फ्यानलाई अडियो सन्देश


आइतबार बेलुकी नायक प्रदिप खड्का, निर्देशक मिलन चाम्स, नायिका जसिता गुरुङ, गायक प्रताप दास चलचित्र ‘लिलिबिली’को प्रचारका लागि भन्दै पोखरा उडे । पोखरामा आयोजना हुन लागेको कन्सर्टको प्रचार पहिलेदेखि नै भएकाले दर्शक नायक प्रदिप आउने प्रतिक्षामा थिए ।

बेलुकी ५ बजेपछि भनिएको कन्सर्टमा दर्शक त उपस्थित भए, तर प्रदिप र जसिता उपस्थित हुन सकेनन् । चलचित्र ‘लिलिबिली’को प्रचारका लागि पोखरामा दर्शकसँग साक्षात्कार गर्न पोखरा उडेको टिमलाई मौसमले धोका दियो ।

पोखराको मौसम खराब भएपछि प्लेन ल्यान्ड गर्न सकेन र प्लेन काठमाण्डौ नै फर्कियो । निर्देशक चाम्स भन्छन्-‘करिब २ घन्टा हावामै उड्यौ । प्लेन पोखरा ल्यान्ड हुन नै सकेन ।’

पोखराका दर्शक भने प्रदिपलाई पर्खिरहेका थिए । आफू पोखरा पुग्न नसकेपछि प्रदिपले अडियो सन्देश पठाए । उनले, आफू पोखरा आउन नसकेको भन्दै अडियो सन्देश फ्यानलाई पठाएका थिए ।

प्रदिपलाई हेर्ने इच्छाका साथ बसेका यूवतीहरु रुन थाले । पोखरामा कार्यक्रम गर्न नसकेको यसको टिमले आज चितवनमा पत्रकार सम्मेलन र कार्यक्रमको आयोजना गर्दैछ ।

चैत्र ३० गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाई गोविन्द शाही, सुदिप खड्का र मिलन चाम्सले मिलेर बनाएका हुन् ।

प्रदिप र जसितासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment