Comments Add Comment

अमिताभ बच्चनका ९ फिल्म, जो डिब्बाबाटै निस्केनन्


‘बिग बी’का उपाधिले परिचित बलिउड अभिनेता नायक अमिताभ बच्चनलाई फिल्म खेलाउन निर्माताले ठूलो लगानीका गरेका हुन्छन् । तर, तीनै अमिताभले अभिनय गरेका कतिपय फिल्म अहिलेसम्म पनि डिब्बाबाट निस्किन सकेका छैनन् ।

तीमध्ये कुनै फिल्मको केही दृष्य मात्रै सुटिङ भएको थियो भने केही फिल्मको सुटिङ पुरा भएर पनि प्रदर्शन हुन सकेनन् । यी हुन् अमिताभ अभिनित डिब्बाबन्द फिल्मः

शिवा (१९७०): सन् १९७० मा फिल्म ‘शिवा’ बन्नेवाला थियो । यसमा अमिताभ बच्चनले मुख्य भुमिका निर्वाह गर्ने भनियो । तर, शिवा कहिल्यै हलसम्म आइपुगेन ।

यार मेरी जिन्दगी (१९७१): फिल्म ‘यार मेरी जिन्दगी’ निर्माणमा लगभग ३५ वर्ष लाग्यो । फिल्मको निर्देशन अशोक गुप्ताले गरेका थिए । यसमा अमिताभ बच्चन र शत्रुधन सिन्हाले मुख्य भुमिका निर्वाह गरेका थिए । फिल्म रिलिज त भयो तर, थोरै सिनेमा घरमा ।

अपना पराया (१९७२): अमिताभ बच्चन र रेखालाई लिएर अपना पराया बन्नेवाला थियो । केही दृष्य सुट गर्ने बित्तिकै फिल्म डिब्बामा बन्द भयो । यसपछि अमिताभ-रेखा ‘दो अनजाने’ मा सँगै देखिए ।

खुदा गवाह (१९७८): तपाईलाई लाग्न सक्छ ‘खुदा गवाह’ रिलिज भैसक्यो । तर, सन् १९७८ मा बनेको खुदा गवाह अहिलेसम्म रिलिज भएको छैन । अमिताभ बच्चन र परविन भाभी अभिनित यस फिल्मको निर्देशन मनमोहन देसाईले निर्देशन गरेका थिए । जुन फिल्म अहिलेसम्म रिलिज भएको छैन ।

सरफरोश (१९७९): निर्देशक मनमोहन देसाईले १९९७ मा अमिताभ बच्चनलाई लिएर ‘सरफरोस’ बनाएका थिए । अमिताभको साथै परविन भाभी, ऋषि कपुर, कादर खान, शक्ति कपुरलगायतले यसमा अभिनय गरेका थिए । तर, यो फिल्म रिलिज हुन सकेन ।

टाइगर (१९८०ं): निर्देशक राकेश कुमारले १९८० मा अमिताभ बच्चनलाई लिएर फिल्म ‘टाइगर’ सुरु गरेका थिए । यस फिल्ममा अमिताभको साथमा सञ्जीव कुमार, रेखा र वहिदा रहमानको मुख्य भुमिका थियो । निर्माता र कलाकारबीचको विवादले फिल्म रिलिज रोकियो ।

खबरदार (१९८४): यदि खबरदार रिलिज भएको भए कमल हसन र अमिताभ बच्चनलाई दर्शकले एक साथ हेर्न पाउँथे । टि रामाराव निर्देशित खबरदार रिलिज नभएकाले उनीहरुले जोडी भएर अभिनय गरेको हेर्न ‘गिरफ्तार’ पर्खिनु पर्‍यो ।

देवा (१९८७): बलिउडका ‘शो म्यान’ सुभाष घइको साथ अमिताभ बच्चनको फिल्म दर्शकसामु आएन । देवाको एक हप्ता सुटिङ गरेपछि रोकिएको थियो ।

शिनाख्त (१९८८): निर्देशक टिनाले अमिताभ बच्चन र माधुरी दिक्षितलाई लिएर शिनाख्त बनाएका थिए । केही दृष्य सुटिङ गरेपछि यो फिल्म पनि रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment