Comments Add Comment

निरकको ‘रोजी’मा लभरब्वाई बन्दै प्रदिप


नायक प्रदिप खड्का डिमाण्डेड छन् । उनलाई लिएर निर्माता-निर्देशक चलचित्र बनाउन लालयित छन् । प्रदिपलाई लिएपछि हलमा दर्शकको उपस्थिती बाक्लो हुन्छ भन्ने सोच उनीहरुको छ ।

लगातार ‘प्रेमगीत र प्रेमगीत २’मा काम गरेपछि चर्चाको शिखरमा पुगेका नायक खड्का अहिले चलचित्र ‘लिलिबिली’को प्रचारमा पनि व्यस्त छन् । उनी, चलचित्रको प्रचारका लागि काठमाण्डौ बाहिर दौडधुपमा छन् ।

उनै, प्रदिपले अब नेपालको चर्चित ब्यानर गोपिकृष्ण मुभिजको नयाँ चलचित्रमा काम गर्ने भएका छन् । प्रदिपले काम गर्न लागेको नयाँ चलचित्रको नाम ‘रोजी’ राखिएको छ ।

यो चलचित्रलाई निरक पौडेलले निर्देशन गर्दैछन् । निरकले चलचित्र ‘कुसुमे रुमाल २ र होमवर्क’ निर्देशन गरिसकेका छन् । निरकले अनलाइनखबरसँग भने-‘हो, हामी यो चलचित्र बनाउँदैछौ । यसको घोषणा केहि दिनमै कार्यक्रमको आयोजना गरेर दिने तयारीमा छौ ।’ उनले लभस्टोरी कथामा नै चलचित्र बन्ने बताए ।

चलचित्रको बिषयमा निरक धेरै खुल्न भने चाहेनन् । चलचित्रका लागि अन्य कलाकार फाइनल भैसकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment