Comments Add Comment

एक्लो कृषि इन्जिनियरिङ कलेजः विद्यार्थीको रिसर्च दराजमै कैद

१२ चैत, इटहरी । प्रदेश १ सरकारले कृषिलाई समृद्धिको पहिलो आधारको रूपमा व्याख्या गरे पनि कृषि इन्जिनियरिङ पढाइ हुने धरानको पूर्वान्चल इन्जिनियरिङ क्याम्पसका थेसिस (शोधपत्र)हरू भने दराजमै थन्किरहेका छन् ।

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत सञ्चालित नेपालकै एक्लो कृषि इन्जिनियरिङ कलेजका शोधपत्रहरु कृषकहरुमाझ पुग्नै नपाएको कृषि इन्जिनियरहरूको दुःखेसो छ ।

‘सरकारले करोडौ लगानी गरेको कृषिमा आधुनिकीकरण र यान्त्रिकरण गर्नलाई कृषि इन्जिनियरिङ शिक्षा धरानमा मात्रै पढाइन्छ,’ लेक्चर सागर काफ्ले भन्छन, ‘धेरै विद्यार्थीहरूले ४ बर्षे स्नातक कृषि इन्जिनियरिङ परीक्षा सक्दा केही न केही थेसिसहरु गरेका हुन्छन् । तर,त्यी कुनै पनि कृषकहरूको माझ पुग्न पाँउदैनन ।’

कृषि इन्जिनियरिङका विद्यार्थीले गरेका शोधपत्रहरुको आधारमा विभिन्न प्रविधिहरू बनाएको खण्डामा स्वदेशी प्रविधिमा नेपाली कृषिको यान्त्रिकरण र आधुनिकीकरण बढ्ने काफ्लेको तर्क छ ।

कोरियाको काङगन राष्ट्रिय विश्वविद्यालयबाट नविकरणीय ऊर्जा विषयमा स्नातकोत्तर गरेका काˆले नेपालका कृषि इन्जिनियरिङका शाधेपत्र शोधपत्रमै थन्कनु विडम्बना भएको बताउँछन । ‘कोरियामा विश्वविद्यालय, उद्योग र सरकार बिचमा नजिको सम्बन्ध हुन्छ’, काफ्ले भन्छन, ‘विश्वविद्यालयका नयाँ थेसिसका कुराहर उद्योगले उत्पादन गर्छन् र उत्पादनमा असहज भएमा सरेकाले सहयोग गर्छ र त्यहाँको कृषि इन्जिनियरिङले राम्रो फड्को पनि मारेका छ ।’

कोरिया, इजराइल र जर्मन जस्ता देशले कृषि इन्जिनियरिङबाट आएका शोधपत्रहरुलाई उद्योगबाट उत्पादन गरेर कृषककोमा पुर्‍याएरै कृषिमा व्यापक विकास गरेको काˆले बताउँछन ।

के के सोधपत्र बने पूर्वान्चल क्यापस धरानमा ?

पूर्वाञ्चल क्याम्पसमा २०५७ साल यता नेपालमै पहिलोपल्ट कृषि इन्जिनियरिङको पढाइ हुँदै आएको छ ।

४८ जनाको कोटा रहेको कृषि इन्जिनियरिङ शिक्षामा १२ जना पूर्ण छात्रबृत्तिमा पढ्छन भने ३६ जनाले ३ लाखमा चार वर्षे इन्जिनियरिङ पढ्न सकिन्छ ।

नेपालकै पहिलो र एकमात्रै कृषि इन्जिनियरिङ कलेज भएकोले यहाँ विभिन्न कृषिको यान्त्रिकरण र आधुनिकीकरणको लागि शोधपत्रहरु सम्पन्न भएका छन् ।

सपन थापा मगरको समूहले बनाएको आलु रोप्ने प्रविधिदेखि प्रतिमा कार्की समूहको फलफूल छान्ने मेसिनको शोधपत्र गरेका छन् ।

क्याम्पसका पुरानो व्याचले गरेका बिऊ छर्ने प्रविधि र धान रोप्ने औजार तथा जैीवक ऊर्जा, सिँचाहि तथा जलविद्युतका प्रविधिहरूमा पनि शोधपत्रहरु बनेका छन् । यस्तैगरी माटोरहित बाली पनि विद्यार्थीहरूले बनाएका छन् ।

नविकरणीय ऊर्जामा पनि सहुलियतमा ऊर्जा उत्पादन गर्ने धेरै शोधपत्रहरु पूर्वाञ्चल क्यापसका कृषि इन्जिनियरिङका विद्यार्थीहरूले बनाएका छन् ।

तर, हरेब वर्ष बन्ने यस्ता नयाँ नयाँ शोधपत्रहरु कहिल्यैपनि कृषकोमा पुग्दैनन । न त तिनको व्यावसायिक उत्पादनमा सरकारी चासो र सरोकार छ ।

‘एक्सटेन्सन एजुकेसन’ भनेर विद्यार्थीहरूले भन्ने यो प्रक्रियामा सरकारकै दोष देख्छन विद्यार्थीहरू ।

कृषि इन्जिनियर सपन थापा मगर त कृषि इन्जिनियरिङ सकेको एउटा विद्यार्थीलाई करियरको प्रमुख समस्या हुनु र जे विकल्प आयो त्यै बाटो रोज्ने कारण यस्तो समस्या आएको बताँउछन ।

भन्छन, ‘ल्याबबाट नयाँ प्रविधि निकालेको इन्जिनियरलाई सरकारले मोटिभेटन र रोजगार दिएन भने जे काममा पैसा पाउँछ उसले त्यै गर्छ । यसले खास गरी कृषि क्षेत्र र कृषकहरूलाई समस्यामा पार्छ ।’

कृषिका शोधपत्र कार्यान्वयन नहुँदा एनजीओहावी

इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले बनाएको शोधपत्रहरु शोधपत्र मात्रै रहनु राज्यलाइनै घाटा हुने बताउँछन कृषि इन्जिनियरिङ कलेजका पूर्व विभाीय प्रमुख याम कुमार राई ।

राईका अनुसार स्वदेशमै नेपाली विद्यार्थीले बनाएका कृषि यान्त्रिकरण र आधुनिकिकरणका सोधपत्रहरु उद्योगबाट व्यापारिक तहमा उत्पादन हुुनुपर्ने राईको तर्क छ ।

नेपालकै आˆनो मौलिक कृषि प्रविधि बनाउन पनि कृषि इन्जिनियरिङका शोधपत्रहरु कार्यान्वयन आवश्यक रहेको राईको भनाइ छ ।

‘नेपाली कृषि इन्जिनियरिङ विद्यार्थीले बनाएका थेसिसले कृषिमा योगदान दिन्छ तर हाम्रो सरकारी निकायहरू भने एनजीओ र दात्री निकायको सल्लाहको आधारमा मात्रै कृषि कार्यक्रमहरू ल्याइएको पाइन्छ’, राई भन्छन, ‘अब स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले यी सबै कुरामा ध्यान दिएर कामहरू गर्नुपर्छ ।’

कृषि इन्जिनियरिङका लेक्चरर सागर काˆले पनि कृषि इन्जिनियरिङका शोधपत्रहरु कमजोर बन्दा विदेशी दात्री निकाय र आइएनजीओका कृषि सुझाबहरु बलियो बनेको बताउँछन् ।

भन्छन, ‘हाम्रा सबै थेसिसहरु व्यावसायिक र व्यवहारिक नहुन सक्छन् तर अधिकांश काम लाग्ने खालका छन् । त्यसको उत्पादन र व्यवहारिक प्रयोगमा अब सरकारले ध्यान दिनुको विकल्प छैन ।’

सरकारले कृषि इन्जिनियरिङ कलेज र कृषि कार्यक्रममा लगानी गरेजस्तै कृषि इन्जिनियरिङका शोधपत्रहरु व्यवहारिक गर्न पनि लगानी गर्नुपर्ने काˆलेको तर्क छ ।

सरकारले त्यस्तो लगानी गरेमा सबैपक्षलाय फाइदा हुने काफ्ले बताउँछन । ‘व्यवहारिक शोधपत्रहरु उत्पादन गरेर कृषक सम्म पु¥याउँदा एकतर्फ नेपालको कृषि इन्जिनियरिङ र कृषी क्षेत्र बलियो हुन्छ’, काफ्ले भन्छन, ‘अर्कोतर्फ नेपाली मौलिक प्रविधिको विकास, विदेशी हस्तक्षेप कम र कृषि इन्जिनियरहरूको पलायन पनि रोकिन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment