Comments Add Comment

प्रधानमन्त्रीलाई प्रदीप गिरीको प्रश्न-थपना मुख्यमन्त्री कहिलेसम्म रहन्छन् ?

'संसदीय बहुमतको भर हुन्न, इन्दिरा र राजीव गान्धीबाट पाठ सिक्नुस्'

फाइल तस्वीर

१२ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले अधिकारविहीन मुख्यमन्त्री कहिलेसम्म राख्ने भनी प्रधानमन्त्री समक्ष प्रश्न गरेका छन् ।

संसदको सोमबारको बैठकमा बिशेष समय लिएर बोल्दै गिरीले प्रश्न गरे, ‘थपनामात्रका मुख्यमन्त्री कहिलेसम्म रहन्छन् ?’

गिरीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूसमक्ष निरीहता व्यक्त गरेको प्रशंग कोट्याउँदै मुख्यमन्त्रीहरुलाई थपना भनेका हुन् । गत चैत ९ गते लाहनामा विकास सारडाको सुन पसलमा बम विष्फोट भएको घटनापछि आफूले मुख्यमन्त्रीसँग सम्पर्क गरेको उनले बताए ।

गिरीले भने, ‘मेरो निर्वाचन क्षेत्रको समस्या परेकाले कतै उपाय नलागेपछि मुख्यमन्त्री लालबाबु राउतलाई फोन गरेँ । उनलाई लहान घटनामा पुलिस परिचालन गर्नुस् भन्दा दाजु १ मेरो हातमा पुलिस पनि छैन, प्रशासन पनि छैन भनेर निरीहता प्रकट गरे । मुख्यमन्त्रीको यो अवस्था छ भने संविधान कसरी कार्यन्वयन हुन्छ ? थपना मुख्यमन्त्रीहरु कहिलेसम्म रहन्छन् ?’

प्रधानमन्त्री केपी ओलीसँग प्रचण्ड बहुमत रहेको र प्रतिपक्ष कमजोर बनेको तर,संसदको बहुमतको भर नहुने उनले बताए । भारतका तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धी र राजिव गान्धीको उदाहरण दिँदै कांग्रस सांसद गिरीले विपक्षीलाई उचित सम्मान गर्न आग्रह गरे ।

‘आज केपी ओलीले पाएको भन्दा ठूलो बहुमत राजिव गान्धीसँग थियो तर, उनको सरकार ३ वर्षमै ढल्यो । इन्दिरा गान्धीले संविधान निलम्बन गर्दा उनको सत्ता ढल्यो’ गिरीले भने, ‘प्रधानमन्त्रीजी संसदीय बहुमतको कुनै भर हुँदैन । चाँडो स्थानीय शक्तिलाई अधिकार दिनुस्, नत्र तपाईले नचिताएको आन्दोलन हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment