Comments Add Comment

चितवनमा देखियो प्रदिपको क्रेज, भने-‘मेरा सबै फिल्म डेब्यू हुन्’


नायक प्रदिप खड्काको क्रेज उनका फ्यानमाझ गज्जबको छ । यहि, क्रेज सोमबार चितवनमा पनि देखिएको छ । चलचित्र ‘लिलिबिली’ प्रचारका लागि चितवन पुगेका प्रदिपलाई हेर्न उनका सयौ फ्यान नारायणी नदि किनारमा भेला भए ।

प्रदिपलाई फ्यानको भीडबाट स्टेजसम्म पुग्न पनि धौ-धौ परेको थियो । नायिका जसिता गुरुङ पनि यो कन्सर्ट यात्रामा सहभागी छिन् । प्रदिपसँग सेल्फी लिन यूवायूवतीले तछाडमछाड गरेका थिए । पोखरामा मौसमका कारण स्थगित भएको कन्सर्ट चितवनपछि इटहरी, दमक, धरान लगायतका शहरमा आयोजना हुनेछ ।

कन्सर्ट अगाडि चितवनमा आयोजना भएको पत्रकार सम्मेलनमा नायक प्रदिप खड्काले ‘लिलिबिली’ आफ्नो डेब्यू चलचित्र भएको बताए । उनले भने-‘यो चलचित्रमा निर्वाहा गरेको भूमिका र नयाँ कामको अनुभवले मलाई नयाँ उचाई दिने छ भन्ने विश्वास लागेको छ । मेरो सबै चलचित्र मेरा लागि डेब्यू हुन् ।’

नायिका जसिता गुरुङले आफूले इमोसनल र साधारण यूवतीको भूमिका निर्वाहा गरेको बताइन् । बेलायत, स्कटल्याण्ड र टर्कीमा खिचिएको यो चलचित्र नेपाली चलचित्रका फ्यानका लागि गर्व गर्न लायकको बनेको निर्देशक मिलन चाम्सले जानकारी दिए । यो चलचित्रलाई गोविन्द शाही, सुदिप खड्का र मिलन चाम्सले मिलेर बनाएका हुन् ।

‘लिलिबिली टुर’मा प्रदिप, जसिता, मिलन, निर्माता सुदिप खड्का, गायक प्रताप दास, एसडी योगी,गायिका मेचु धिमाल सहभागी छन् । चैत्र ३० गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment