Comments Add Comment

नेप्सेमा ‘फुल स्विङ’ ! ३३ घटेर ३९ बढ्यो


१३ चैत, काठमाडौं । मंगलवार सेयर बजारबारे अर्थमन्त्रालयका उपसचिवको लेख, स्वेतपत्रमा बजारको सम्बोधन गर्ने विषय अर्थमन्त्रालयबाट आउदा र सदनमा समेत सांसदहरुले बजार घटेकोमा चासो देखाएपछि बजार एकाएक बढेको छ ।

कारोबार खुलेको केही समयदेखि ओरालो लागेको बजार मध्यान्नमा ३३ अंकसम्म घटेको थियो । तर, त्यसपछि बजार एकाएक सुधार भएर हरियो भयो । बजार ४८ अंकसम्म बढेको भएपनि अन्त्यमा वृद्धि ३९ अंकमा सिमित भयो । नेप्से परिसूचक १२०७ मा आइपुगेको छ ।

बजारमा विहीबार नै स्वेतपत्र जारी हुने खबर लगानीकर्ता माझ फैलिएपनि अर्थमन्त्रालयले भने यसै साता आउन सक्ने मात्र उल्लेख गरेको छ । नेप्सेको प्राविधिक विश्लेषणले बजारले ११७५ मा समेत टेवा पाएको संकेत गरेको छ ।

बजारको वृद्धि कत्तिको टिकाउ हुने हो आजकै कारोबारबाट भने स्पष्ट देखिदैन् । यद्यपी सोमबार र मंगलबार बजारमा बढेको कारोबारले बजारमा लगानी प्रतिक्षामा धेरै लगानीकर्ता रहेको संकेत गर्छ ।

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश प्राप्त गर्ने अन्तिम दिन भएको कारण मंगलबार कम्पनीको मात्रै १० करोड रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन बजारमा ५० करोड रुपैयाँको सेयर कारोबार भएको छ । व्यापारमुलक बाहेक सबै समूहको परिसूचक यस दिन बढेको छ ।
मंगलबार एकै दिन ४ अर्ब ७० करोड रुपैयाँ ( ४ करोड ७० लाख कित्ता) सेयर बजारमा सूचीकरण भएको छ । बजारमा बढ्दो सेयर आपुर्ति र बैंकहरुमा देखिएको कर्जा योग्य लगानी अभावको समस्याले बजार घटिरहेको हो । यद्यपी यसबीच अर्थमन्त्रीमा अभिव्यक्तिहरुलाई लिएर पनि बजार घटेको सरोकारवालाहरु बताउछन् ।

अर्थमन्त्री सेयर बजार प्रति सकारात्मक नदेखिएको भन्ने टिप्पणी आइरहँदा स्वेतपत्र तथा सरकारको नीति तथा कार्यक्रममा यो बजारको सम्बोधन हुने कुराले लगानीकर्ता आशावादी भएका हुन् ।

केही साता देखि नै सरकारले स्वेतपत्र जारी हुने भन्दै आएपनि हालसम्म आउन सकेको छैन । स्वेतपत्रले कस्तो बजार प्रति कस्तो नीति लिन्छ त्यसैको आधारमा आगामी दिनको बजारको दिशा तय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment