+
+

एनएमबीले विदेशबाट ‘क्लिन लोन’ ल्याउँदै, बैंकको मूल्यांकन गर्न प्रतिनिधि आउने

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १३ गते १७:४७


१३ चैत, काठमाडौं । एनएमबी बैंक र विश्व बैंकको सदस्य संस्था अन्तराष्ट्रिय वित्त निगमसँग ऋण सम्झौता भएको छ । बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र विश्व बैकका स्थानिय प्रतिनिधि मोहम्मद रेहान रसिदले सोमबार सम्झैतापत्र हस्तान्तरण गरेका छन् ।

नेपाल राष्ट्र बैकबाट स्वीकृति भए पछि मात्र यस ऋण सम्झैताले मुर्त रुप पाउने बैकले उल्लेख गरेको छ । यस सम्झैताले हाल बैंकिङ क्षेत्रमा देखिएको कर्जा योग्य पुँजी अभावको समस्या समाधानमा सहयोग पुग्ने छ । यस ऋणलाई साना तथा मझैला व्यावसाय र कृषि क्षेत्रमा लगानी गर्नेे बैकले जनाएको छ ।

कसरी ल्याइन्छ रकम ?

बैंकहरुले अन्तराष्ट्रिय स्तरका बैंक तथा ऋणदाताबाट बिभिन्न तरिकाले ऋण लिन सक्ने व्यवस्था छ । बैंकहरुले विदेशमा रहेको आफ्नो निक्षेपलाई देखाएर पनि ऋण लिन सक्छन भने बैंकको अवस्था हेरेर पनि ऋण पाइने हुन्छ ।

एनएमबी बैंकका प्रमुख व्यवसाय अधिकृत सुदेश उपाध्यायका अनुसार अहिले बैंकले ल्याउन लागेको ऋणलाई ‘क्लिन लोन’ भनिन्छ । यसको अर्थ बैंकको मूल्यांकन र क्षमताको आधारमा ऋण दिइने भएको हो ।

‘उहाहरुले बैंकको जोखिम मूल्यांकन गर्नुहुनेछ, उच्च व्यवस्थापनसँग पनि छलफल हुने छन् र अहिले निक्षेप र लगानी प्रवृत्ति हेरेर निर्णय गर्नुहुनेछ ,’ उपाध्यायले भने ।

ऋण दिने बाहिरी संस्थाहरुले यसबाहेक आफैले हेज (एउटाको मूल्यको कारण हुने जाखिम कम गर्न अर्को बस्तुमा लगानी गर्ने तरिका) गर्ने गरि वा यहाका संस्थाले नै हेज गर्नुपर्ने गरि समेत ऋण दिने हुनसक्ने उपाध्यायको भनाई छ ।

हाल बैंकले अन्य ऋण दातासँग पनि कुरा गरिरहेको छ । धेरै रकमको ऋण स्वदेशी मुद्रामा नै लिने बैंकको योजना छ । यसो भएमा विदेशी मुद्राको जोखिमबाट बच्न हेज गर्न नपर्ने अवस्था आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?