Comments Add Comment

‘मिस नेपाल’का प्रतिस्पर्धीले देखाए प्रतिभा


२३ औं ‘मिस नेपाल’ बन्नका लागि अहिले २५ जना यूवतिहरु लागिपरेका छन् । द हिडेन ट्रेजरले हरेक बर्ष आयोजना गर्ने ‘मिस नेपाल’ नेपालकै सवैभन्दा चर्चित सौन्दर्य प्रतियोगीता हो ।

२५ जनामध्ये एक जना सुन्दरीको अपि्रल ११ तारिखमा काठमाण्डौको पाँच तारे होटल ‘होटल अन्नपूर्ण’मा आयोजना हुने भव्य कार्यक्रममा भाग्य चम्कनेछ । विजेताले ‘मिस वल्र्ड’मा भाग लिने अवसर समेत पाउनेछिन् ।

अहिले ‘मिस नेपाल’का लागि तालिम, फिल्ड भिजिट लगायतका काम चलिरहेको छ । यसैविच, मंगलबार ‘मिस नेपाल’का प्रतिस्पर्धीहरुले काठमाण्डौको रसियन कल्चर सेन्टरमा आयोजना भएको कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।

‘मिस नेपाल-२०१८’मा सहभागी भएकाहरुले विभिन्न प्रतिभा प्रस्तुत गरे । अधिकांशले नृत्य प्रस्तुत गरेका थिए । यस्तै, गायनकला, कविता वाचन, कमेडी लगायतका प्रतिभा पनि प्रतिस्पर्धीहरुले प्रस्तुत गरे ।

यो बर्षको ‘मिस नेपाल’का लागि महिमा सिंह, रोनाली अमात्य, सुस्मिता सापकोटा, अलिशा वुढाथोकी, अलिसा अधिकारी, अन्जिला महत्त, अनुपमा बास्तोला, सन्ध्या अधिकारी, मनिता देवकोटा, आश्था साखा, ममता जोशी, लक्ष्मी पौडेल, अनाश्रुत पन्त, ज्योत्सना क्षेत्री, प्रिया सिग्देल, मेघा श्रेष्ठ, श्रृष्टी कार्की, शिक्षा संग्रौला, शुभेच्छा श्रेष्ठ, सायरा लामा, कश्या अधिकारी, श्रृङ्खला खतिवडा, आश्मा ढुंगाना, लक्ष्मी पन्तले प्रतिस्पर्धा गर्दैछन् । उनीहरुको प्रतिभालाई केशव थापा, इनु थापा, जेम्स प्रधान, उपासना गौतम, भरत शाक्यले मुल्यांकन गरेका थिए । ‘मिस नेपाल २०१८’को अफिसियल मिडिया पार्टनर अनलाइनखबर डट कम रहेको छ ।

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment