Comments Add Comment

ऋचा जी, अलिकति मिडिया मैत्री बन्ने कि ?


नायिका ऋचा शर्माले आज आयोजित चलचित्र ‘कोहलपुर एक्सप्रेस’को पत्रकार सम्मेलनमा मिडियासँग गुनासो गरिन् । आफू एउटा अन्तर्राष्ट्रिय अवार्डमा नोमिनेसनमा परेको खबर मिडियामा नआएकोमा उनी दुखी थिइन् ।

ऋचा हालै एउटा सर्ट फिल्मबाट ‘क्वीन्स वल्र्ड फिल्म फेस्टिबल’मा नोमिनेसनमा परेकी रहिछन् । यो कुरा आफूले फेसबुकमा हाले पनि मिडियाले कभर नगरेको उनको भनाई थियो । मिडियामा नकारात्मक कुरा गसिपको रुपमा चाडै फैलने भन्दै उनले राम्रो कुरामा कसैको पनि ध्यान नगएको पनि बताइन् ।

ऋचाले यसो भनिरहँदा एउटा प्रश्न उब्जन्छ, आफ्ना लागि यति ठूलो कुरा उनले कुनै मिडियाकर्मीलाई इमेल, एसएमएस वा फोन गरेर भन्न किन सकिनन् ? ऋचा शर्मासँग सबै मिडियाकर्मी फेसबुकमा साथी छैनन् । त्यसैले उनले फेसबुकमा हाल्दैमा सबैले हेर्छन् नै भन्ने हुँदैन ।

अर्को कुरा, ऋचाले मिडियाकर्मीलाई यस अगाडि गरेका व्यवहार पनि हेराै ।  केही समय अगाडि आयोजना भएको चलचित्र ‘फिर्के’ को पत्रकार सम्मेलनमा ऋचाले मिडियाकर्मीले सोधेका हरेक प्रश्नलाई ‘नेक्स्ट क्वइसन’ भन्दै पन्छाएकी थिइन् । उनी पत्रकारले सोधेका प्रश्नमा जवाफ दिन मन लागे दिन्छिन्, होइन भने ‘अर्को प्रश्न’ भन्दै तर्किन्छिन् ।

अरु बेला मिडिया मैत्री बन्न नसकेकी ऋचाले आफ्नो फेसबुक हेरेर समाचार नबनाएकोमा सञ्चारकर्मीसँग गुनासो गर्नुको कुनै तुक होला र ? सँधै आफ्नो फाइदाका लागि मात्र मिडिया खोजेर हुन्छ र ऋचा जी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment