Comments Add Comment

सुरक्षा पन्तलाई दिक्क लगाउने एउटा प्रश्न

काठमाडौं । नायिका सुरक्षा पन्तले धेरै फिल्ममा अभिनय गरेकी छैनन्, तर पनि आफ्नो बेग्लै छवि निर्माण गर्न सफल भएकी छिन् । ‘अझै पनि’ देखि भैरेसम्म आइपुग्दा दर्शकहरुले उनलाई नोटिस गर्न थालेका छन् ।

जतिवेला उनी एउटा दर्शक मात्रै थिइन्,  नेपाली फिल्म क्षेत्रका विषयमा धेरै नकारात्मक चर्चा सुन्थिन् । उनी सोच्ने गर्थिन्,, ‘मौका पाएँ भने म थोरै भए पनि यो क्षेत्रलाई करेक्सन गर्न सक्छु ।’

त्यही बेला उनलाई स्व. निर्देशक आलोक नेम्वाङले प्रस्ताव राखे, चलचित्र ‘अझै पनि’ का लागि । आलोक आफैंमा उम्दा फिल्म निर्देशक मानिन्थे । सुरक्षाले स्त्रिmप्ट पढिन् राम्रै लाग्यो । प्रस्ताव स्वीकारिन् ।

फिल्मी भाषामै भन्ने हो भने उनको डेब्यु ‘ब्यापक’ थियो । तर, फिल्मको ब्यापार अपेक्षित भएन । ब्यापार कमजोर भए पनि सुरक्षाको अभिनयको तारिफ गर्नेहरु धेरै भए । त्यसपछि उनले दिपेन्द्र के खनालको फिल्म धनपतिमा अभिनय गरिन् । यो फिल्मको व्यापार पनि राम्रो भएन । फेरि पनि सुरक्षाको अभिनयको तारिफ राम्रै भयो ।

आफूले मिहिनेत साथ काम गरेको फिल्म हेर्न दर्शक नआइदिँदा कुन कलाकारलाई राम्रो लाग्दो हो । सुरक्षा पनि खिन्न भइन् । तथापि, आफ्नो कामले पाएको सह्राहनाले भने उनलाई सान्त्वना मिल्यो ।

प्रदर्शनको तयारीमा रहेको ‘भैरे’ मा सुरक्षाले मुख्य भुमिका निर्वाह गरेकी छिन् । यो चलचित्रमा काम गर्न उनलाई दयाहाङ राई र बुद्धि तामाङले प्रेरित गरेका थिए । दयाहाङ र बुद्धिको फ्यान हुन् सुरक्षा । थिएटरमै खारिएका कलाकारसँग काम गर्दा आफुलाई केही सिक्ने अवसर मिल्छ भन्ने लाग्छ ।

‘यो एउटा कमर्सियल मुभी हो, दया र बुद्धि दाईहरुसँग केही सिक्न पाइन्छ भनेर काम गरेँ,’ सुरक्षाले भनिन् ।

हरेक प्रश्नको तर्कपूर्ण जवाफ दिने सुरक्षालाई एउटा प्रश्नले भने दिक्क लगाउन थालेको छ ।

‘तपाई इन्जिनियरिङको विद्यार्थी किन चलचित्र क्षेत्रमा आउनुभयो ?’ प्राय पत्रकारले यही प्रश्नबाट कुराकानी सुरु गर्छन् ।

‘उत्तर दिँदा दिँदा आजित भइसकेँ,’ उनी भन्छिन्, ‘के इन्जिनियरिङका विद्यार्थीका लागि फिल्म क्षेत्रमा कुनै स्थानै छैन र ?’

अभिनय गर्नका लागि अभिनय नै पढ्नुपर्छ भन्ने उनलाई लाग्दैन ।

‘जोसुकैले पनि क्षमता छ भने अभिनय गर्न सक्छ, मैले पनि त्यही प्रयास गरेकी हुँ,’ सुरक्षाले भनिन् । उनलाई लाग्छ, कला जन्मजात गुण हो । तर, विभिन्न प्रशिक्षणले कलामा निख्खरता ल्याउछ ।

त्यसो त उनी आफू कसैसँग प्रतिस्पर्धा गर्न नआएको बताउँछिन् । अहिलेसम्म उनले अभिनय गरेका फिल्म र शैलि हेर्दा लाग्छ, उनी आफ्नै लयमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment