Comments Add Comment

आरक्षण सिट कार्यान्वयन नगर्ने सवारीसाधनलाई कारबाही

१५ चैत, गोरखा । आरक्षण सिट कार्यान्वनय नगर्ने गोरखाका यात्रुवाहक सवारीसाधन कारबाहीमा पर्न थालेका छन् ।

जिल्ला ट्राफिक कार्यालय गोरखाले चेकजाँचमा कडाइ गरेसँगै सवारीसाधनहरु कारबाहीमा पर्न थालेका हुन् ।

जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालयले विहीबार संयुक्त रुपमा गरेको छड्के चेकजाँचमा अधिकांश यात्रुबाहक सवारीसाधनले आरक्षण सिट कार्यान्वयन नगरेको भेटिएको प्रहरी निरीक्षक कमला नरालले बताइन् । ‘२४ वटा सवारी चेकजाँच गर्दा ४ वटामा आरक्षण सिट नै नलेखेको, ९ वटाले लेखेर पनि कार्यान्वयन नगरेको भेटियो,’ उनले भनिन् ।

उक्त सवारीसाधनलाई कारबाहीका लागि जिल्ला ट्राफिक कार्यालय पठाइएको छ । ‘यात्रुवाहक सवारी साधनमा महिला, अपाङ्गता र बृद्धका लागी आरक्षण सिट छुट्याउनुपर्ने प्रावधान छ, तर जिल्लाका त्यो कार्यान्वयन नभएको गुनासो आएपछि चेकजाँचमा कडाइ गरेका हौ,’ प्रहरी निरीक्षक नरालले भनिन् ।

अबका दिनमा चेकजाँचलाई निरन्तरता दिने उनको भनाइ छ । चेकजाँचकै क्रममा ध्वनी प्रदूषण गर्ने मोटरसाइकल र विना नम्बरप्लेट चलेका टिप्परहरुलाई पनि कारबाही गरिएको जिल्ला ट्राफिक प्रमुख दयाराम पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment