Comments Add Comment

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी राज्यमन्त्री अर्याललाई

१६, चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रालयको विभागीय जिम्मेवारी राज्यमन्त्री पद्मा अर्याललाई दिएका छन् ।

यसअघि प्रधानमन्त्री ओली सँगै रहेको मन्त्रालयको जिम्मेवारी अब राज्यमन्त्री अर्यालले पूर्णरुपमा पाएकी छन् ।

स्वास्थ्य मन्त्रालय संघीय समाजवादी फोरम नेपालका लागि छुट्याइएको थियो । फोरम सरकारमा नआएपछि प्रधानमन्त्री ओलीले राज्यमन्त्री अर्याललाई मन्त्रालयको जिम्मेवारी दिएको स्रोतले जनाएको छ ।

राज्यमन्त्री अर्यालले मन्त्रीकै हैसियतले क्याविनेटमा प्रस्ताव लिन पाउनेछन् ।

राज्यमन्त्री अर्याल एमाले केन्द्रीय सदस्य समेत हुन् । स्याङजा क्षेत्र नं. २ मा कांग्रेस नेता गोपालमान श्रेष्ठलाई पराजित गरेर उनी सांसद निर्वाचित भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment