Comments Add Comment

खेलाडीको व्यवहारमा आईसीसीको कडा निगरानी

१६ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले खेलाडीको अनुशासनलाई लिएर कडा निगरानी गर्ने भएको छ ।

आईसीसीका प्रमुख कार्यकारी डेभिड रिचार्डसनले खेलाडीहरूको व्यवहारमा पुनर्निरिक्षण गरिने बताएका हुन् । क्रिकेट खेलप्रतिको सम्मान बचाउन र आचारसंहिता उल्लंघन नहोस् भनेर कडा निगरानी गरिने प्रमुख कार्यकारी रिचार्डसनले आईसीसीको एक अन्तर्वार्तामा भनेका छन् ।

खेलाडीको पुनर्निरक्षणको प्रमुख जिम्मा पनि उनैले निभाउने छन् । ‘यसले प्रमुख गरी दुई कुरामा ध्यान दिन्छ । पहिलो, आईसीसीको आचारसंहिता । जसमा अपराधको आधारहरुको मूल्याङ्कन गरेर निर्णय गरिने छ’ उनले भने, दोस्रो, क्रिकेटको खेलको भावनामा आधारित रहेर एकअर्कामा हुनुपर्ने सम्मानलाई ख्याल गरिनेछ । यसमा पूर्व खेलाडी, खेल अफिसियल र वर्तमान खेलाडीको राय सुझाव लिइने छ ।’

धेरै अघिदेखि खेलाडीको व्यवहारलाई लिएर प्रश्न उठिरहेको हुँदा आफूहरूले यस्तो कदम उठाउन लागेको उनले बताएका छन् । यो सबै क्रिकेटलाई विश्वसनीय बनाउन गर्न लागिएको उनको भनाइ छ ।

दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्टका दौरान अष्ट्रेलियाका खेलाडी बल टेम्पिरिङ विवादमा परेपछि खेलाडीको अनुशासनलाई लिएर प्रश्न उठिरहेको थियो । यसै समय आईसीसीले नयाँ योजना ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment