Comments Add Comment

श्वेतपत्रले सेयर बजारको समस्या देख्यो, समाधान नि देला ?

११७५ को टेवा परिक्षणमा


१८ चैत, काठमाडौं । श्वेतपत्रको अपेक्षामा रहेका लगानीकर्ताहरुले बजारको समस्याको समाधान नपाएपनि सरकारले समस्या पहिचान गरेको भन्दै सन्तोष मानेका छन् ।

‘बजारको समस्याको सरकारले गरेको देखिन्छ, अब विज्ञहरु नै हुनुहुन्छ समाधान पनि खोज्नु होला नि,’ सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले भए । श्वेतपत्रले पनि बजारका साना लगानीकर्ताहरुमा जानकारी अभाव, सेयरको बढ्दो आपूर्ति र ब्याजदर वृद्धिलाई नै बजार घट्नुको कारण मानेको छ ।

बजारमा अर्थमन्त्री, नेप्से र धितोपत्र बोर्डका अधिकारीहरुबीच भेटघाट हुने हल्ला फैलिएपछि बजार सम्हालिएको थियो । तर, नेप्सेमा प्रमूख कार्यकारी अधिकृत चन्द्र साउदले भने भेटघाटको कुरा नभएको बताए ।

‘भेटघाटको तालिका छैन । यद्यपी, हाम्रो भेटलाई नै बजार घटबढको आधार बनाउने काम भएमा यसले बजारलाई थप समस्यामा पार्नेछ,’ साउदको भनाई छ ।

बजारमा बढेको सेयर आपूर्तिको व्यवस्थापनको लागि बजार निर्माता ल्याउनु पर्ने र बैंकलाई ब्रोकर लगायतको जिम्मेवारी दिएर दायारा बढाउनु पर्ने देखिएको छ । सरकारले बैंकिङ क्षेत्रमा देखिएको पुँजी अभाव समस्या समाधानको लागि विदेशबाट ऋण लिनसक्ने सुविधा दिने तयारी पनि गरिरहेको छ ।

सेयर बजार आइतबार २४ अंकले घटेर ११९६ मा आइपुगेको छ । ११८६ मा पुगेको बजार केही अंक उक्लिएको थियो । बजारमा ३१ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका सबै समूहको परिसूचक घटेका छन् । बैंकिङ, बीमा, विकास बैंक, जलविद्युत्, लघुवित्त समूहको सूचकमा उच्च गिरावट आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment