Comments Add Comment

लालीगुराँसको प्रतिक्षामा अस्ट्रेलियाको एउटा नगर

सिड्नी /अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको लक्लान उपत्यकामा पर्ने एउटा सानो शहर निकट भविष्यमा यहाँ नेपालको रास्ट्रिय फूल ढकमक्क फुल्ने प्रतिक्षामा छ  ।

सम्भबत अर्को कुनै महोत्सवमा लालीगुराँसको कागजी फूल यहाँका बालबालिकाले बनाउनुपर्ने छैन  ।

यहाँको जापानिज गार्डेनमा केही महिनाअघि रोपिएको लालीगुराँस कहिले फूल्छ त्यो त अहिले भन्न सकिदैन तर यो उपत्यकाको कउरा काउन्सिलले मार्चका तीनदिन आफूलाई नेपालमय बनायो  ।

नेपालका कुनै नगर वा गाउँसँग यो नगरको कुनै औपचारिक मितेरी सम्बन्ध छैन तर पनि यो नगरले नेपाललार्इ आफै प्राथमिकतामा राखेर भव्यतापूर्बक सम्झ्यो ।

यो नगरले बिगत आधा शताब्दी यता प्रत्येक वर्ष कुनै न कुनै देशको नाममा उत्सव मनाउने गरेको छ । एउटा सानो नगरको पनि अन्तर्रास्ट्रिय समझदारी, शान्ति र भाइचारामा भूमिका स्थापित गर्दै कउरा काउन्सिलले ‘अन्तर्रास्ट्रिय समझदारीको महोत्सव’ मनाउने गरेको हो ।

जापान पहिलो अतिथि देश

उपत्यकामै १९६४ मा सुरु गरिएको महोत्सवमा न्युजिल्याण्डले बिशेष प्रस्तुति गरेको थियो । तर, तेतिबेलासम्म अन्तर्रास्ट्रिय महोत्सव घोषना गरिएको थिएन ।

१९६५ देखि अर्को देशलाई निम्तो गर्न थालियो । जापान पहिलो अतिथि देश थियो । जापानलार्इ पहिलो अतिथि देश मान्नुको पछाडी ठूलो एतिहासिक कारण पनि थियो । यो उपत्यकामा दोश्रो बिश्व युद्दको सबै भन्दा ठूलो बन्दीगृह थियो । जहाँ जापानी, इटालियन र जर्मन गरी हजारौ बन्दीहरु थिए । तर, सन् १९४४ अगष्ट ४ को मध्यरातपछि र ५ को बिहान सबेरै एकहजार जापानी बन्दीहरुले बिद्रोह गरेका थिए ।

त्यो बेलाको यो सबैभन्दा ठूलो जेल ब्रेक थियो । तर, दुर्भाग्य सबै बन्दीहरु पक्राउ परे । जसमा २३१ जना बन्दीहरु मारिए । केहीले दुर्ब्यबहार तथा यातना सहन नसकेर आत्महत्या गरेको भनाइ छ  । युद्द समाप्तिको २० वर्षपछि नै कउरा नगरले अन्तर्रास्ट्रिय समजदारी, भाइचारा र शान्तिको प्रतिक स्वरूप प्रत्येक वर्ष फरक-फरक देशलाई अतिथिको रुपमा बोलाउन थाल्यो ।

सन् २००२ मा स्यवम अस्ट्रेलियाको रास्ट्रिय बिबिधतालार्इ मनाइएको र सन् २०१४ मा संयुक्त रास्ट्र संघलार्इ निम्त्याइएको बाहेक सबै वर्ष फरक फरक देश यो महोत्सब का अतिथि देश बन्ने गर्छन  ।

जनसंख्या बृद्धिदर झन्डै स्थिर रहेको कउरा नगरमा मुस्किलले १५ हजार मानिस बस्छन् । सिड्नीबाट यो झन्डै चार घण्टा र राजधानी क्यानबेराबाट दुर्इ घण्टाको मोटर बाटोमा पर्दछ  । तीनदिन मनाइने पर्बको पहिलो दिन अतिथि देशका प्रतिनिधिलार्इ स्वागत तथा ती अतिथिबाट शान्तिको बिशाल घण्ट बजाएर उद्घाटन गरिन्छ । सोही दिन विभिन्न अन्तरक्रियात्मक कार्यक्रम तथा रकम संकलन कार्यक्रम राखिन्छ  ।

दोश्रो तथा मुख्य दिन नगर काउन्सिल अगाडिबाट ¥यालीहरु सुरु भएर शहर घुम्दै लक्लान नदि किनारमा अबस्थित पार्कमा पुगेपछि सभा तथा साझा अबेरसम्म बिशेष प्रस्तुतिहरु गरिन्छ । अन्तिम दिन खेलकुद तथा समापन हुन्छ ।

यसवर्ष नेपाल अतिथि

कउरा काउन्सिलले नेपाललार्इ यो वर्षको अतिथि छानेपछि सबै भन्दा पहिले नेपाली दूतावास क्यानबेराको पहलमा सिड्नी, क्यानबेरा, अरेन्ज , दब्बो लगायतका ठाउँबाट ठूलो मात्रामा नेपालीहरु यो महोत्सवमा सहभागी हुन तयार भए  ।

उनीहरु मार्च २४ मा नेपालका बिभिन्न आदिवासी जनजाति पोशाक तथा भेषभुषामा लक्लान उपत्यका पुगे र बिशेष ¥यालीमा बाजागाजासहित सहभागी भए । ‘उत्सवको रमाइलो आइपुग्यो’ भन्दै स्थानीय कौरा गार्जियनले पहिलो समाचार लेख्दै महोत्सवको माहोल ततायो ।

कार्यक्रममा नगर भित्रका विभिन्न बिद्यालय का अस्ट्रेलियन बालबालिकाहरु नेपाली पोशाकमा सजिएका र नेपालको रास्ट्रिय गान लय मिलाएर गाइएका निकै सुन्दर देखिन्थ्यो ।

मुख्य ¥यालीमा सहभागी भएका तीन दर्जन भन्दा समूह मध्ये चार वटा समूहलार्इ उत्कृष्ठ चयन गरियो । ¥यालीमा स्थानीय स्काउट, सेल्भेसन आर्मी , विद्यालयहरु, च्यारिटी सँस्थाहरु, घोड़चडी, आकस्मिक सेवाका दमकल तथा स्वयमसेवकहरू, रेन्जरहरु सहभागी थिए  । किसानहरु, पुरानो पुस्ताका सवारीसाधनहरु सहभागी थिए  ।

महोत्सवमा नेपाली खाना र हस्तकलाका सामाग्रीहरु राखिएका थिए । नेपालको पर्यटन प्रबर्धनात्मक सामग्रीहरु दूतावासको स्टलबाट वितरण गरिएका थिए  ।

नेपाल चिनाउन भएको ¥याली कउरा गार्जियनका पत्रकार लिज़ दुर्व्यसनको लेन्सबाट नेपाल भित्रको कुनै समृद्ध गाउँमा भएको नेपाल महोत्सव जस्तै देखियो ।

महोत्सवका दोश्रो दिन सूर्यास्तसँगै लक्लन नदीमा सैयाैं दीप बालेर बगाइएको दृश्य निकै टाढासम्म पुग्दा नदी किनारमा सुन्दर शहर झझल्किये जस्तै देखिन्थ्यो । पर्बताहोरण र जल पर्यटन मजा लिन रक क्लैमिंग र नदीमा हास पौडिने कार्यक्रम थियो ।

अन्तिम दिन नेपाल , अस्ट्रेलिया र श्रीलंका का खेलाडीहरुबीच मैत्रीपूर्ण क्रिकेट खेल भयो । नेपाल , श्रीलंका र कउराबीचको खेलकुद खेलकुदलार्इ उनले यसरी कैद गरे 

श्रीलंकाले आफू अतिथि देश बनेको वर्ष २०१३ देखि हरेक बर्ष यो महोत्सब मा मैत्री पूर्ण खेल खेल्न सहभागी हुने गरेको छ ।

समृद्धनगर जहाँछ प्लेन कारखाना

कृषि मुख्य आय श्रोत भएको कउरा नगर तथा लक्लान उपत्यका को आफ्नै विमानस्थल छ , जहाँ ससाना दुइ सिटे जहाज निर्माण हुन्छन । ती जहाज चिनियाँ किसानले किन्छन र यहाँ विमानचालक तालिम पनि हुन्छ । कृषिपछि कारखानाहरु यहाको आर्थिक श्रोत हुन् , स्वाथ्य सेवा अर्को रोजगारीको क्षेत्र हो  ।

यो सुन्दर उपत्यकामा पर्यटनको सम्भावना उत्तिकै छ । कउरा महोत्सवको तयारीका क्रममा क्यानबेरा पुगेका यहाँका युवादूतहरुले नेपाली दूतावासको आतिथ्यतालार्इ स्थानीय पत्रिकामा यसरी ब्यक्त गरे – सबैभन्दा रमाइलो कुरा हामीलाई दूतावासमा भोजन अगाडि कागती पानीले हात धुन सिकाइयो र थालमा राखिएको भात , तरकारी र सिमिको दाल आफ्नै औलाको सहाराले खाना सिकाइयो , यो नेपाली तरिका रहेछ ।’

यो महोत्सबबाट यहाको अस्ट्रेलियन हिमालयन फाउन्डेसनले उसको समाजसेवी कामका लागि रकम जुट्ने अपेक्षा गरेको थियो भने रीड नामक सँस्थाले नेपालको शिक्षा क्षेत्रमा सहयोग गर्ने बताएको छ । केही महिनाअघि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले यहाको जापानिज गार्डेनमा नेपालको रास्ट्रीय फूल लालीगुराँस रोपेकी थिएन  ।

यो महोत्सवलार्इ  नेपाली मुलका केही ब्यबसायीले लक्लान उपत्यकामा आफ्नो ब्यबसाय बिस्तार गर्ने सोचाइ बनाएका छन् भने खेलकुदका पारखी न्यू साउथ वेल्सका लागि नेपाली बाणिज्य दूत दीपक खड्का यहाँको गल्फ मैदानको मजा लिएर फर्केका छन् ।

गैरआवासीय नेपाली संघको ओसियाना रिजनका संयोजक धर्मराज अधिकारिले कउरा काउन्सिलले नेपाललार्इ अस्ट्रेलियामा चिनाएको र आफू नेपालीको मनमा बस्न सफल भएको अनलाइनखबरलार्इ बताए ।

एनआरएन अस्ट्रेलिया को न्यू साउथ वेल्स राज्यका संयोजक नन्दु गुरुङले यो अस्ट्रेलियाली नगरको नेपाल प्रेमलार्इ दिगो राख्न हरेक वर्ष कुनै न कुनै रुपमा नेपाली समुदाय सहभागी हुनु पर्ने बताए ।

उनले जनस्तरबाट नेपाल को कुनै गाउँ वा नगरपालिकासँग मितेरी सम्बन्ध स्थापित गराउनु पर्ने बताए  ।

महोत्सवमा आफ्नो भेषभुषा, पहिरन, नाचगान, परिकार सहित सहभागी भएकोमा कउरा काउन्सिलका मेएर बिल बेस्टले नेपाली समुदायलार्इ   हार्दिक धन्याबाद दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment