Comments Add Comment

लघु जलविद्युत् उपभोक्ताहरु संगठित

१९ चैत्र, ललितपुर । नेपालको लघु जलविद्युत् क्षेत्रको बिकास, संरक्षण र सम्बद्र्धन गर्दै नेपालको ग्रामीण क्षेत्रमा विद्युत् विकास गर्न र नीति निर्माणमा लघु जलविद्युत् संस्थाहरुको पहुँच स्थापित गर्न राष्ट्रिय महासंघ गठन गरिएको छ ।

नेपालका लघु जलविद्युत् संस्थाका प्रतिनिधिहरुको आज यहाँ आयोजित राष्ट्रिय भेलाले लघु जलविद्युत् क्षेत्रमा रहेका नीतिगत अस्पष्टता अन्त्यका लागि जलविद्युत् संस्थाहरुको राष्ट्रियस्तरको छाता संगठनको रुपमा महासंघ गठन गरिएको बताइएको छ ।

नेपाल ऊर्जा फाउण्डेशनको अगुवाइमा भएको सो भेलाले नारायणध्वज खडकाको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । उपाध्यक्षमा रामकुमार राई, महासचिवमा खेम थापा र कोषाध्यक्षमा शान्ता चौलागाई रहे ।

महासंघले लघु जलविद्युत् उपभोक्ताका अधिकार, लघु जलविद्युत्को दिगो विकास, नीतिगत सुधार, राष्ट्रिय प्रणालीमा आबद्धताका क्षेत्रमा काम गर्ने उद्देश्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment