Comments Add Comment

जापानमा ‘लिलिबिली’को प्रिमियर, प्रदिप र जसिताको देखियो क्रेज

चैत्र ३० गतेबाट नेपालमा रिलिज हुन लागेको चलचित्र ‘लिलिबिली’को रेड कार्पेट प्रिमियर जापानमा सम्पन्न भएको छ । जापानको टोकियोस्थित नकानो जिरो हलमा चलचित्रका मुख्य कलाकारको उपस्थितीमा रेड कार्पेट प्रिमियर आयोजना गरियो ।

चलचित्रको शोका लागि नायक प्रदिप खड्का, नायिका जसिता गुरुङ, निर्माता गोविन्द शाही पुगेका थिए । चलचित्रलाई दर्शकले राम्रो प्रतिक्रिया दिएको आयोजक डेस्टिनी क्रियशनले बताएको छ । निर्माता गोविन्द शाहीले चलचित्र हेेरेर दर्शकबाट आएको प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको बताए ।

दर्शकबाट पाएको प्रतिक्रियाले नायक प्रदिप खड्का पनि दंग छन् । प्रदिप र जसिता आउने भनेकाले पनि दर्शकको उपस्थिती बाक्लो देखिएको थियो । मिलन चाम्सले निर्देशन गरेको यो चलचित्र नेपालमा पनि चर्चामा छ । चलचित्रमा प्रियंका कार्की, अनुप विक्रम शाही र सविन श्रेष्ठको पनि मुख्य भूमिका छ । गोविन्द शाही, सुदिप खड्का र मिलन चाम्सले मिलेर यो चलचित्र बनाएका हुन् ।

प्रदिप र जसितासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment