Comments Add Comment

हल्लाका पछि नलाग्नुस्, उपयुक्त समयमा पार्टी एकता हुन्छः प्रधानमन्त्री

१९ चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादीबीच उपयुक्त समयमा एकता हुने बताएका छन् ।

वरिष्ठ पत्रकार कमल कोइरालालाई मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्दै एमाले अध्यक्ष ओलीले हल्लाको पछि नलाग्न अग्रह गरे । ‘भारत भ्रमण अगाडि कि पछाडि ? सके कि सकेनन् ? भन्ने हल्ला चल्न सक्छ’ उनले भने, अगाडि पनि हुनसक्छ, पछाडि पनि हुनसक्छ । उपयुक्त समयमा एकता हुन्छ ।’

प्रत्येक वर्ष प्रदान गरिने गरी स्थापना गरिएको उक्त अवार्ड यस वर्ष कमल कोइरालालाई प्रदान गरिको हो । एमालेको केन्द्रीय प्रचार बिभागले स्थापना गरेको सो पुरस्कार पाउने कोइराला दोस्रो हुन् । पहिलो पटक फोटो पत्रकार चन्द्रशेखर अधिकारीलाई दिइएको थियो ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा बरिष्ठ पत्रकार तीर्थ कोइराला, शार्दूल भट्टराई र शीतल साह रहेको छनौट समितिले कोइरालालाई छानेको थियो ।

विगत पाँच दशकदेखि लेखन तथा सम्पादनमा संलगन कोइराला दृष्टि, जनआस्था, साँघु, अन्नपूर्ण पोष्ट दैनिक लगायतका पत्रिकाका स्तम्भकार हुन् । पुरस्कारको राशी ५० हजार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment