Comments Add Comment

कोहलपुर एक्सप्रेसको ट्रेलर हिट, ऋचा शर्माको प्रशंसा

केकी अधिकारीले निर्माण गरेको फिल्म कोहलपुर एक्सप्रेसको ट्रेलरलाई मन पराइएको छ । फिल्मको ट्रेलर यतिबेला यूट्यूवमा नेपालको नम्बर १ ट्रेन्डिङमा छ ।

पाँच दिनअघि ट्रेलर रिलिज गरिएको थियो । यसलाई अहिलेसम्म चार लाखभन्दा बढि पटक हेरिएको छ ।

कमेडीप्रधान फिल्मको ट्रेलर पनि कमेडी संवादले भरिएको छ । फिल्ममा तीन नायिकाहरु केकी अधिकारी, पि्रयंका कार्की र ऋचा शर्मा नौलो अन्दाजमा छन् । पि्रयंकाले पेट बोकेकी महिलाको भूमिकामा छिन् भने केकी कान कम सुन्छिन् । ऋचा भने विवादित मोडल तिर्सना बुढाथोकीसँग मिल्दोजुल्दो चरित्रमा छिन् ।

ट्रेलरमा कमेन्ट गर्नेहरु मध्ये धेरैले ऋचाको प्रशंसा गरेका छन् । जबकि ट्रेलरमा उनलाई सबैभन्दा कम स्थान दिइएको छ ।

ट्रेलर हेर्दा यो फिल्ममा बच्चा अपहरणको कथालाई हास्यास्पद तरिकाले प्रस्तुत गरिएको अड्कल काट्न सकिन्छ । ट्रेलरमा समावेश ‘ब्रान्डेड ब्रान्डेड लोकल’ भन्ने डाइलग हिट भएको छ भने ‘यस्तो गाली त मलाई मेरी श्रीमतीले पनि दिएकी थिइन’ भन्ने डाइलग पनि रुचाइएको छ । यो फिल्मको निर्देशन विशाल भण्डारीले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment