Comments Add Comment

अनुमति नलिएका जलविद्युतमा लगानी नगर्न धितोपत्र बोर्डको आग्रह


२० चैत, काठमाडौं । धितोपत्र बोर्डसँग सेयर निष्कासन अनुमति नलिएका कम्पनीमा सेयर लगानी नगर्न बोर्डले लगानीकर्ताहरुलाई आग्रह गरेको छ ।

धितोपत्र सम्बन्धि ऐनमा संगठित संस्थाले सर्वसाधारणमा सेयर जारी गर्नुअघि धितोपत्र बोर्डमा दर्ता गर्नुपर्ने प्रावधान छ । तर केही जलविद्युत कम्पनीले दर्ता लगायतका कुनै प्रक्रिया नगरि सर्वसाधारणबाट लगानी माग्दै केही जलविद्युत् कम्पनीले सुचना सार्वजनिक गरेपछि बोर्डले यस्तो आग्रह गरेको हो ।

बोर्डले यस्ता कम्पनीलाई समेत बोर्डमा दर्ता गरेर विवरण पत्र प्रकाशन गरेर मात्र सार्वजनिक सेयर निष्काशन गर्न समेत सुचना जारी गरेको छ । बोर्डमा दर्ता भएपछि संस्थाको सबै विवरण हरेरे मात्र सेयर निष्कासन अनुमति दिने गर्छ । यो प्रक्रिया बाहिर गएर हुने सार्वजनिक सेयर निष्कासन गैरकानुनी मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment