Comments Add Comment

कांग्रेसले भन्योः श्वेतपत्र अरुको टाउकोमा दोष थोपर्न उद्यत

२० चैत, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले श्वेतपत्रका नाममा सरकार अरुको टाउकोमा दोष थोपर्न उद्दत भएको आरोप लगाएका छन् ।

सोमबार संसदमा विशेष समय लिएर कांग्रेस सांसद मिनेन्द्र रिजालले अर्थतन्त्रको परिस्थिति कहाँ छ भनेर श्वेतपत्र ल्याउन सकारात्मक भएको बताए ।

तर, यसमा आफ्नो अनुकुल कहिले एक, कहिले ५ त कहिले २५ वर्षको तथ्यांक राखेर दोष कसको टाउकोमा हाल्ने भन्नेमा अर्थमन्त्री केन्द्रित भएको उनले बताए । ‘जुन त्रासदीपूर्ण चित्रण गर्न खोजिएको छ, त्यो उचित होइन’ रिजालले भने, ‘अबसर पनि छ । यसलाई सदुपयोग गर्नुपर्छ ।’

सरकारी ढुकुटी रित्त भयो भन्नु अरिरञ्जना बाहेक अरु केही नभएको उनले बताए ।

अर्थतन्त्रमा रहेको कमजोरी रहेको स्वीकार गरेका उनले त्यसलाई देखाउने क्रममा नुहाउन बाटामा राखेको बच्चालाई समेत फाल्ने प्रयास भएको बताए ।

तीन चौथाइ समर्थनको सरकार रहेको र विपक्षी सहयोग गर्न तयार रहेकेा भन्दै उनले त्यसलाई सदुपयोग गर्न आग्रह गरे । अघि भने, अर्कालाई दोष लगाएर मैले मात्र गर्न सक्छु भन्ने घमण्ड हरेक दिन राजनीतिमा प्रस्तुत भएको छ, त्यही लाइनमा तपाई थपिनु भएको छ । श्वेतपत्रले त्यही भन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment