Comments Add Comment

राष्ट्र बैंकले औपचारिक रुपमा गर्यो बैंकले विदेशबाट ऋण ल्याउने व्यवस्था

२० चैत, काठमाडौं । राष्ट्र बैंकले वाणिज्य बैंकहरुले विदेशबाट ऋण ल्याउन सक्ने गरि बाटो खोलिदिएको छ । बैंकले मंगलवार सुचना जारी गर्दै ऋण ल्याउने बाटो खुला गरेको हो । राष्ट्र बैंकले क्लिन लोन अर्थात् बिना कुनै धितो, जमानत वा बैंक ग्यारेन्टि दिन नपाइने व्यवस्था गरेको छ । बैंकको मूल्यांकनको आधारमा मात्रै पाइने कर्जालाई राष्ट्र बैंकले खुला गरेको छ ।

एक देखि पाँच वर्षसम्मको लागि ल्याउन सकिने यस्तो ऋण राष्ट्र बैंकको अुमतिमा नविकरण गर्न सकिने भएको छ । ऋणदाता संस्थालाई लिबरमा तीन प्रतिशतभन्दा बढि व्याज नदिने गरि ऋण लिन पाइने भएको हो ।

विदेशबाट ऋण ल्याउँदा बैंकहरूले आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ल्याउन सकिने व्यवस्था गरिएको छ । रकम भित्र्याउन सम्पत्ति शुद्धिकरण निवारण लगायतका राष्ट्रिय र अनराष्ट्रिय ऐन नियाम पालना गरेको हुनुपर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ । विदेशबाट ल्याइएको पुँजी विदेशी मुद्रामा ऋण दिन समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

तोकेको पुँजी कोष कायम गरेकाले मात्र ऋण ल्याउन सक्ने र ल्याएको ऋण हाउजिङ, जग्गा विकास बाहेकको रियल सेक्टरबाहेक भौतिक पुर्वाधारहरुमा, कृषि, पर्यटन र लघुवित्तमा कर्जा लगानी गर्ने पाउने भएका छन् ।

याे पनि हेराैंः  एनएमबीले विदेशबाट ल्याउँदैछ १ अर्ब ५० करोड ऋण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment