Comments Add Comment

मस्ती टकः ‘आकाशले रोमान्स सिकाएपछि रोमान्टिक बनिन् पूजा'(भिडियो)

नायिका पूजा शर्मा फरासिली छिन् । उनको खुलेर बोल्ने बानीलाई दर्शकले खुबै मन पराउँछन् । पूजाले एकपछि अर्को चलचित्रमा रोमान्स गरेका नायकहरु स्टार बनिरहेका छन् । अब, उनी नायक आकाश श्रेष्ठसँग चलचित्र ‘रामकहानी’मा रोमान्स गरिरहेकी छिन् ।

भदौ २२ गतेबाट रिलिज हुने यो चलचित्रलाई लिएर आकाश र पूजा दुबैजना उत्साहित छन् । अनलाइनखबरको ‘ओके मस्ती टक’मा कुराकानी गर्ने क्रममा यी दुइले निकै रमाइलो गरे ।

आकाश र पूजासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


आकाश निकै कम बोल्छन् । तर, उनलाई पूजाले धेरै बोल्ने बनाइसकेकी छिन् । तर, यो चलचित्रमा भने पूजालाई आकाशले रोमान्स सिकाएका छन् । आकाश भन्छन्-‘म पहिलेदेखि नै रोमान्टिक छु । यसपटक मैले पूजालाई नै रोमान्स सिकाएकी छु ।’

पूजा भने आफूले काम गरेका सबै हिरोहरुलाई रोमान्स सिकाएको बताउँछिन् । यसपटक, चलचित्रमा आफू निकै कम बोल्ने सोझी यूवतीको भूमिकामा रहेको पूजाले बताइन् ।

चलचित्र ‘म यस्तो गीत गाउँछु’पछि दर्शकले पूजा र उनको चलचित्रमाथि धेरै नै आशा राख्ने गर्छन् । पूजा, दर्शकको आशालाई ‘रामकहानी’ले निराशामा नबदल्ने बताउँछिन् ।

आकाश र पूजाले ‘मस्ती टक’मा रमाइलो खेल पनि खेले । श्रीमान्-श्रीमति बनेर झगडा गर्दा यी दुइको शैली गज्जबको थियो । उनीहरुको यो खेल कस्तो थियो भन्ने जान्नका लागि, तपाइले भिडियो नै हेर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment