Comments Add Comment

गभर्नरसँग नेप्सेका पूर्वसीईओसहित लगानीकर्ताको भेटले बन्यो बजार सकारात्मक


२१ चैत, काठमाडौं । बुधबार नेप्से परिसूचक २७ अंकले वृद्धि भएको छ । बजार घटेपछि बुधवार नै नेप्सेका पूर्वसीईओ सहित लगानीकर्ताको टोलिले गभर्नर डा. चिरञ्जीवि नेपाललाई भेटेको खबरपछि बजार क्रमिकरुपमा बढ्दो क्रममा देखियो ।

नेपाल पुँजीबजार संघ र नोबल इनिसिएशन नेपालले गर्भनरसँग भेटघाट गरेको थियो । नोबल इनिसिएशनका अध्यक्षको रुपमा नेप्सेका पूर्व सीईओ सिताराम थपलिया रहेका छन् ।

लगानीकर्ताहरुले सेयर धितोमा कर्जा अनुपात ७० प्रतिशतबाट बढाएर ८० प्रतिशत पुर्याउन, यस्तो कर्जाको जोखिम भार एक सय ५० बाट घटाएर एक सयमा झार्न, प्रत्येक स्थानीय तहमा बजार पुग्ने गरि बैंकलाई ब्रोकरको लाइसेन्स दिन र कर्जा प्रदान गर्ने समयमा जारी भएका हकप्रद र बोनस सेयरसमेत समावेस गर्ने व्यवस्था गर्न माग राखेका छन् ।

माग प्रति गभर्नर सकारात्मक रहेको खबर प्रशारित भएपछि बजार एकाएक वृद्धिको दिशामा अगाडी बढेको हो । बजारमा सुधारसँगै कारोबार रकम पनि बढेर ३३ करोड ६४ लाख रुपैयाँ भएको छ ।

लघुवित्त र बीमा समूहमा सबैभन्दा धेरै करिब ४ देखि ५ प्रतिशतसम्म वृद्धि भएको छ । बजारले तत्कालको लागि ११७५ विन्दुमा टेवा खोजिरहेको थियो । हालै नेप्से ११६८ विन्दुमा पुगेर फर्किएको थियो ।

लक्ष्मि लघुवित्त, ग्लोबल आइएमइ लघुवित्त, कालिका माइक्रो, एनएमबी माइक्रो लगायतका लगानीकर्ताले एकै दिन ८ देखि १० प्रतिशतसम्म कमाउन सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment