Comments Add Comment

दीपकराज गिरीले प्रधानमन्त्रीलाई ‘कलाकार’ भनेपछि

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जाने आफ्नो टोलीमा दुई कलाकारलाई पनि समावेश गरेका छन् । धेरै कलाकर्मीलाई यसले खुशी तुल्याएको छ ।

तर, हास्यकलाकार दीपकराज गिरीले भने घुमाउरो तरिकाले प्रधानमन्त्रीको खिल्ली उडाएका छन् । उनले आफ्नो फेसबुक पेजमा प्रधानमन्त्रीलाई ‘कलाकार’ को संज्ञा दिए ।

‘कलाकारको महत्व कलाकारले नै बुझ्छ भन्थे, केपीले बुझेछन्, आफ्नो भ्रमण दलमा कलाकारलाई राखेर (धन्यवाद) ।’

तर गिरीले यो स्टाटसमा ती प्रतिक्रियाको सामना गर्नुपरेको छ । प्रधानमन्त्री जस्तो गरिमामय पदमा रहेको व्यक्तिलाई होच्याउन खोजेको भनेर धेरैले आपत्ति जनाएका छन् । उनको स्टाटसमा दुई सय २५ भन्दा बढी कमेन्ट आएका छन् ।

जीवन सुब्बाले लेखेका छन्, ‘प्रधानमन्त्रीलाई प्रधानमन्त्री नै भन्नुहोस् । तपाईंले अलि तुच्छ किसिमले सम्वोधन गर्नुभो । कुन हिसाबले कलाकार देख्नुभो ?’

सौगम घिसिङ तामाङले लेखेका छन्, ‘दिपक जीको कुरा अनुसार ओलीले भारत भ्रमणमा दीपक र दीपालाई लानुपर्ने रहेछ । राजेश हमाललाई लाने निर्णयमाथि आक्रोश बाहेक अरु केही होइन । नेपाली कलाकारले ठूलोलाई इज्जत दिन जान्दैनन् ।’

प्रसाद रेग्मीले लेखेका छन्, ‘हँसाउन खोज्नु राम्रो हो । तर, हसाउने नाममा कसैलाई अनादर गर्दा तपाईंको भ्यालु घट्छ ।’

पदम नेपालले झन् कडा शब्दमा लेखेका छन्, ‘नेपाल भन्ने देशमा आफूलाई पब्लिक फिगर हुँ, कलाकार हुँ भन्नेहरुलाई भगवानले अलिकति कला त दिए तर बिडम्बना खोपडीमा बुद्धि दिएनन् । त्यसैको प्रतिफल हो यो । धन्न फेसबुक र टि्वटर जस्ता सामाजिक सञ्जालहरु छन् र हाम्रा पब्लिक फिगरहरुको लेभल अफ थट यस्तरी देख्न पाइन्छ ।’

यसैबीच दीपकराज गिरीले स्पष्टिकरण दिँदै भनेका छन्, ‘जोसँग कला हुन्छ, त्यो कलाकार हो । अभिनय गर्ने मात्र कलाकार हुँदैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment