Comments Add Comment

सातामा ३० अंकले बढ्यो नेप्से, कारोबार रकममा १० प्रतिशत कटौती


२३ चैत, काठमाडौं । गत साता नेप्से परिसूचक करिब ३० अंकले बढेको छ । साताको पहिलो दिन उच्चले घटेको बजार पछिल्ला दुई दिन उच्चले बढेपछि सुधार भएको थियो ।

बजार उच्चले घटेको, चैत त्रैमाश अन्त्य हुन लागेकोले बार्षिक नाफा घाटाको प्रक्षेपण गर्ने समय आउन लागेकोले बजारमा सुधारको संकेत देखिएको हो । लगानीकर्ताहरुले यससाता गभर्नर र अर्थमन्त्रीसँग समेत भेटघाट गरेपछि त्यसको प्रभाव पनि बजारमा परेको छ ।

बैंकहरुले विदेशबाट ऋण ल्याउन बाटो खुला भएपछि, केही बैंकले कर्जाको दर घटाएकोले पनि बजारमा सुधारको संकेत देखिएको लगानीकर्ताहरु बताउछन् ।

सातामा कारोबार रकम १० प्रतिशतले घटेर एक अर्ब ६९ करोड रुपैयाँमा सिमित भएको छ । नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै सेयर किनबेच भएको छ ।

सातामा दुई करोड ३७ लाख कित्ता सेयर थपिएको छ । सहयोगि विकास, ज्योति विकास, स्वावलम्बन लघुवित्त, सिटिजन्स बैंक र नेपाल बंगलादेश बैंकको सेयर सूचीकरण भएको हो ।

नेप्से परिसूचकले ११७५ देखि १२ सय विन्दुमा बलियो टेवा पाएको रेखाचित्रले देखाउछ । बजार वृद्धि तर्फ लागेको देखिएपनि दिशा भने स्पष्ट भएको छैन । नेप्सेको सात दिने मुभिङ एभरेज रेखालाई काटेर ओर्लिएको २१ दिने मुभिङ एभरेज रेखा पुनः माथि उक्लिन सकेको छैन ।

आरएसआई सुचकले भने सेयर बजारका किनबेच सन्तुलित बन्दै गएको संकेत गरेको छ । हाल यो सूचक स्केल ४२ मा छ । अन्तिम दुई दिन बजार बढेसँगै आरएसआई सुचक सकेल ३० बाट माथि लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment