Comments Add Comment

धनगढीमा ४ पार्टीको जुलुसमा प्रहरी हस्तक्षेप, १६ घाइते

२४ चैत, धनगढी । कैलालीको धनगढीमा चारवटा पार्टीले निकालेको जुलसमा प्रहरीले हस्तक्षेप गर्दा १६ जना घाइते भएका छन् ।

धनगढीको ट्राफिक चौराहामा नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी  र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले संयुक्त रुपमा गरेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको थियो ।

जनआन्दोलन दिवसको अवसर पारेर उनीहरुले प्रदर्शन गरेका थिए । २०४६ साल चैत २४ गते संयुक्त जनआन्दोलन संयोजन समितिले आन्दोलन सुरु गरेको थियो ।

नेपालका धेरैजसो कम्युनिस्ट पार्टीले यसै दिनलाई जनआन्दोलन दिवसको रुपमा मनाउँदै आएका छन् ।

अछाममा पनि झडप

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच शनिबार अछाम सदरमुकाम मंगलसेनमा सामान्य झडप भएको छ ।

नेकपाले खुलामञ्चमा आयोजना गरेको आमसभालाई प्रहरीले माथिको आदेश अनुसार भन्दै रोक्न खोजेपछि झडप भएको हो । झडपमा नेकपाका केन्द्रीय सदस्य रामप्रसाद तिमिल्सेना (राप्ती), जनस्वयमसेवकका सेती महाकाली प्रमुख धनबहादुर मल्ललगायत मञ्चबाट भागेका थिए ।

कार्यक्रम रोक्न भन्दै प्रहरी अधिकारी मञ्चतिर जाने बेलामा मञ्चबाट उनलाई कुर्सी प्रहार भएपछि झडप भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

यता रुपन्देहीको बुटवलमा भने नेकपाले शान्तिपूर्ण रुपमा आमसभा गरेको छ ।

यो पनि पढ्नुहोस्

गृहमन्त्री वादलले भने -विप्लवका गतिविधि अतिवादी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment