Comments Add Comment

तीन दिनमा नेप्सेले करिब एक सय अंक जोड्यो

नयाँ म्युचुअल फण्डले सेयर किन्दा कारोबार बढ्यो

२५ चैत, काठमाडौं । तीन दिनमा नेप्से परिसूचकले करिब एक सय अंक जोडेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४४ अंकले बढेर एक हजार दुई सय ९४ विन्दुमा पुगेको छ । तीन दिन अघि नेप्से ११९९ विन्दुमा थियो ।

बजारमा आइतबार मात्रै ९१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । एनआइसी एशियाको ग्रोथ फण्ड, सिटिजन्स म्युचुअल फण्डलगायतका नयाँ सामुहिक लगानी कोष सहित पुराना कोष र संस्थागत लगानीकर्ताहरुले सेयर किनेपछि पनि बजारमा कारोबार रकम बढेको बजार स्रोतको दाबी छ ।

केही ब्रोकरहरु भने बजारमा व्यक्तिगत लगानीकर्ताबाटै सेयर खरिददारी बढेको बताउछन् । तीन दिनयता कारोबार रकममा पनि वृद्धि देखिदै आएको छ ।

बजारले १२८० मा टेवा पाउनु पर्नेभएपनि यसो नभएर ११६८ सम्म पुगेकोले बाउन्स ब्याक (उछाल सहितको वृद्धि) भएको केही बजार विश्लेषकहरु बताउछन् । बजारले दोस्रो चक्रको उच्च विन्दु ११७५ मा दरिलो टेवा पाएको अन्य विश्लेषकहरुको तर्क छ । सेयर बजारमा यसअघि पनि छोटो छोटो बाउन्स देखिदै आएकोले अझै स्पष्ट दिशा नदेखिएको उनीहरुको तर्क छ ।

बजारमा बैंक तथा वित्तीय संस्थामा एक सातामै १२ अर्ब रुपैयाँ भित्रिएको, अर्थमन्त्रालय र लगानीकर्ताबीच भएको छलफलको प्रभाव परेको र सुधारका काममा अर्थमन्त्रालय सकारात्मक रहेको खबरहरु फैलिएकोले बजार पुनः वृद्धिको बाटोमा देखिएको छ ।

बढ्दो क्रममा नेप्से रहदा कतिपय सेयरमा लगानीकर्ताको तीन दिनमै १५ प्रतिशतसम्म वृद्धि भएको छ । आइतबार नै सूर्योदय लघुवित्त, माहुली सामुदायिक, मिथिला लघुवित्त लगायतको सेयर मूल्य एकै दिन १० प्रतिशतसम्म बढेको छ ।

बीमा र लघुवित्त समूहको परिसूचक ६ प्रतिशतसम्म वृद्धि भएको छ । यस दिन कारोबारमा आएका सबै समूहको परिसूचक बढेका छन् । १४ कम्पनीको मात्रै सेयर मूल्य घटेर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment