Comments Add Comment

प्रधानमन्त्री ओली व्यक्तिगत सम्बन्ध सुधार्नमात्र भारत गएका हुन् : महत

२५ चैत, चितवन । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले प्रधानमन्त्री केपी ओली व्यक्तिगत सम्बन्ध सुधार गर्न भारत गएको आरोप लगाएका छन् ।

आइतबार चितवनमा सञ्चारकर्मीसँग आइतबार कुरा गर्दै एवम् पूर्वपरराष्ट्रमन्त्री समेत रहेका महतले भारतसँगको उतारचढावपूर्ण सम्बन्ध शेरबहादुर देउवा नेतृत्वको सरकारले सामान्यीकरण गरेको बताए ।

विगतका आफ्ना तिक्ततापूर्व प्रवृत्ति सच्याउन मात्र ओली भारत गएको भन्दै उनले भने, ‘हिजो मैले जेजे भने भने । अब अहिले सत्तामा आएको छु, मलाई सहयोग गर्नुस्, हेर्ने दृष्टिकोण बल्दनुस् भन्न प्रधानमन्त्री भारत जानुभएको हो ।’

प्रधानमन्त्रीले पछिल्ला समयमा उडन्ते कुरा गर्दै जनतालाई भ्रममा पारेको नेता महतले टिप्पणी गरे । प्रदेश सरकारहरु समस्यामा परेको भन्दै नेता महतले प्रधानमन्त्रीले त्यसतर्फ चासो नदिएको गुनासो नेता महतको छ ।

प्रधानमन्त्रीले विभिन्न निकायहरुलाई आफ्नो मातहत ल्याएर राज्य संयन्त्रलाई पार्टीकरण गर्ने र नसके धम्की दिने काम गरेको आरोप नेता महतले लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment