Comments Add Comment

प्रदिपलाई ह्याट्रिकको अवसर र दबाब


नायक प्रदिप खड्का यतिबेला बक्स अफिसमा लगातार तेश्रो हिट चलचित्र दिने दौडमा लागेका छन् । चलचित्र ‘प्रेमगीत र प्रेमगीत २’ हिट भएपछि चम्किएका प्रदिप बक्स अफिसमा ह्याटि्रक गर्ने दौडमा लागेका हुन् । शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘लिलिबिली’ले उनीमाथि अवसर र दबाब दुबै दिएको छ ।

यो चलचित्रले इनिसियल व्यापार राम्रो गरेको खण्डमा प्रदिपको स्टारडम पनि बढ्नेछ । केहि कलाकारको स्टारडमकै कारण हलमा दर्शक आउन थालेपछि प्रदिप शुक्रबार पर्दामा दर्शकको भिड लाग्नेमा आशावादी छन् ।

चलचित्रको मोफसलका विभिन्न शहरमा कन्सर्ट आयोजना गरिएको थियो । जसमा, दर्शकको उपस्थिती बाक्लो देखियो । काठमाण्डौ, भक्तपुर र ललितपुरमा पनि आयोजना गरिएको कन्सर्टमा दर्शकको उपस्थिती बाक्लो थियो ।

यसैले, पनि यसका निर्देशक मिलन चाम्स, निर्माता गोविन्द शाही र सुदिप खड्का हलमा दर्शकको भीड लाग्नेमा ढुक्क छन् । प्रदिपले महंगो पारिश्रमिक लिएर यो चलचित्रमा काम गरेकाले पनि उनीमाथि निर्मातालाई सुरक्षित राख्नुपर्ने दबाब छ । अर्कोतिर, लगातार तेश्रो चलचित्र पनि हिट दिएर ह्याटि्रक गर्ने अवसर उनीमाथि छ । नायिका जसिता गुरुङ र प्रियंका कार्कीको साथमा उनी यो सफलतामा पुग्लान् त ? केहि दिन मात्र प्रतिक्षा गरौ ।

प्रदिप र जसितासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment