Comments Add Comment

त्रिभुवन विमानस्थलको वेटिङ हलमा थपिए हजार नयाँ कुर्सी

तस्वीरः कृष्ण शर्मा

२६ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा यात्रुलाई सहज हुने गरी भौतिक सुधारको काम सुरु भएको छ । हालै त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको प्रस्थान विन्दुतर्फको यात्रु प्रतिक्षा कक्षमा एक जहारवटा नयाँ कुर्सी राखिएको छ ।

एकवर्ष अघि नै भएको टेण्डरका आधारमा एक हजारवटा नयाँ कुर्सी थपिएको विभानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । यसले यात्रुलाई सहज हुने अपेक्षा विमानस्थलको छ ।

‘यात्रुको अन्तिम सुरक्षा जाँचपछि प्लेन चढ्नुअघि प्रतीक्षामा बस्नुपर्ने कक्षमा एक हजार नयाँ कुर्सी थपेका छौं । अब अब यात्रुले विदेश प्रस्थानको समयमा हलमा उभिनुपर्ने छैन,’ ठाकुरले भने,’यी कुर्सी अन्तर्राष्ट्रिय स्तरका हुन् ।’

यसअघि सो हलमा दुई सय मात्रै कुर्सी थिए । अब यो संख्या १२ सय पुगेको छ । केही कुर्सी पुराना भएकाले त्यसले हलको शोभा नै बिगारेको थियो ।

‘केही पुराना कुर्सीलाई आगमनतर्फको वेटिङ कक्षमा ल्याइएको छ । अब केही कुर्सी आन्तरिक टर्मिनलमा लैजाने योजना छ,’ ठाकुरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment