Comments Add Comment

प्रधानमन्त्रीले भने- अब नेपालमा सुन तस्करी चल्दैन

२६ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुन तस्करी हुन नदिने घोषणा गरेका छन् । उनले कानुनको परिधिभित्र रहेर व्यवसाय गर्न सुनचाँदी व्यवसायीहरुलाई सचेत गराए ।

सोमबार सुनचाँदी व्यवसायी महासंघको पाँचौ वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, अब नेपालमा तस्करी बन्द गर्ने बताए ।

‘तस्करीको कुरा गर्दा सुनको पनि नाम आउँछ’ प्रधानमन्त्री ओलीले भने ‘तर अब जे गर्नुछ कानुनी तवरले गर्नुहोस् । कानुनी अप्ठेरा छन् भने त्यसलाई फुकाउने काम सरकारले गर्छ ।’

अघि भने, ‘कानुनी बाटोबाट जे गर्नुपर्छ, जे हुन आवश्यक छ सरकारले गर्छ । तपाईहरुले कानुन र निर्देशिका हातमा लिएर सरकारले यो गरिदिनुपर्छ भन्नुस् ।’

प्रधानमन्त्री ओलीले सरकार व्यावशायीको सुरक्षामा गम्भीर रहेको बताएका छन् । उनले व्यवसायी मात्र हैन हरेक नागरिकले सुरक्षाको चिन्ता लिनु नपर्ने दावी गरे । ‘नेपालको सीम भित्र हुने कोही कसैले पनि अब सुरक्षाको चिन्ता गर्नु पर्दैन’ प्रधानमन्त्री ओलीले भने ‘सरकार गैह्र कानुनी, हिंसात्मक र अपराधपूर्ण कि्रयाकलापलाई सहदैन ।’

प्रधानमन्त्री ओलीले उत्पादनलाई वृद्धि गर्दै रोजगारीको अवसर सिर्जना गर्नु पर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment