+
+

नाडेप लघुवित्तले सेयर जारी गर्ने, नेटवर्थ २४ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २७ गते १४:५२


२७ चैत, काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने भएको छ । कम्पनीले चार करोड ८० लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो । नबिल बैंकको २५ प्रतिशत, गैर सरकारी संस्था डिप्रक्सको २५ प्रतिशत, लुम्बिनी विकास बैंकको १० प्रतिशत लगानी रहेको कम्पनीको कर्जा वृद्धिदर ३३ प्रतिशत बराबर रहेको छ ।

करिब २५ प्रतिशत बराबर नेटवर्थमा प्रतिफल रहेको कम्पनीको यो सूचक स्वस्थकर मानिएको छ ।  यद्यपी कम्पनीको खराब कर्जाको दर बढेर २.६९ प्रतिशत पुगेको छ । संस्थापक गैर सरकारी संस्था डिप्रक्सको खराब कर्जा सरेकोले यो दर बढ्न गएको हो । आगामी दिनमा नियमनमा नरहेको संस्थाबाट नियमनको दायरामा आउने भएकोले यसमा सुधार हुनेमा आशावादी हुन सकिने अवस्था छ ।

कम्पनीको कर्जा लगानी दुई अर्ब चालिस करोड रुपैयाँ रहेको छ । यसमध्ये ९९ प्रतिशत कर्जा समूहको जमानीमा दिइएको र तुलनात्मक रुपमा कम सुरक्षित रहेको छ ।

हाल ६२ शाखा रहेको कम्पनीले हालै १९ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको थियो । यसले कम्पनीको व्यवसाय थप विस्तार हुने अपेक्षा गरिएको छ ।

हाल ५२ हजार सदस्य रहेको कम्पनीले सदस्यहरुको संख्या बढाउने योजनामा अगाडी बढेको छ । कम्पनीलाई इक्रा नेपालले ग्रेड फोर प्लस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?