Comments Add Comment

लगानीकर्ताले उधारोमा सेयर किने, ब्रोकरले तिर्दै

नेप्से १७ अंक घट्यो


२७ चैत, काठमाडौं । दुई दिनसम्म ९० देखि ९१ करोड रुपैयाँको सेयर किनबेच भएको बजारमा कारोबार रकम ३४ करोडमा सिमित भएको हो ।

लगानीकर्ताहरुले बजार बढ्ने अपेक्षामा उधारोमा सेयर किन्ने आदेश दिएपनि समयभित्र पैसा तिर्न नसकिरहेको एक ब्रोकरले बताएका छन् ।
‘अहिले कतिपय कारोबारको राफसाफ ब्रोकरले आफ्नै पुँजीबाट मिलाउनु परेको छ । लगानीकर्ताहरुले राफसाफ अवधिभित्र पैसा बुझाउन सकिरहेका छैनन,’ एक ब्रोकरले भने ।

कारोबार पछिको तेस्रो दिनभित्र किन्ने लगानीकर्ताले पैसा र बेच्ने लगानीकर्ताले सेयर बुझाइसक्नुपर्ने हुन्छ । सेयरको डिम्याट (विद्युतीय अभिलेखमा रहेको सेयर) भएदेखि भने बिक्री भएको सेयर लगानीकर्ताको खाताबाट स्वतः प्रणालीमा राफसाफको लागि जाने गर्छ ।
लगानीकर्ताहरुले पैसा तिर्न नसक्दा ब्रोकर कम्पनीहरु आफैले राफसाफ गरिरहेको उनको भनाई छ ।

‘अहिले ७० प्रतिशत लगानीकर्ता अल्पकालिन रणनीतिले सेयर किनबेच गरिरहेका छन् । उनीहरुले पैसा सापट गरेर, खरखाँचो मिलाएर जोहो गरिरहेका छन्,’ ती ब्रोकरले भने ‘यस्तो धेरै काराबारको राफसाफ हुन नसक्ने भएपछि ब्रोकरले नै गरिदिइरहेका छन् ।’ कतिपय लगानीकर्ताले राफसाफपछिको अवधिमा सेयर बेचर पनि ब्रोकरसँग मिलान गर्ने गरेका छन् । लगानीकर्ता र ब्रोकरबीच यस्ता कारोबार अन्य समयमा पनि हुने गर्छ यद्यपी हाल यसमा केही वृद्धि भएको छ ।

कारोबार रकम बढ्दै गर्दापनि नेप्सेमा सुधार नभएपछि मंगलबार भने कारोबार रकम पनि घटेको हो । नेप्से १७ अंकले घटेर १२७० मा आएको छ ।

बजारमा मारवाडी समुदायको मानिसहरु पसेको, तरलता सहजता भएको जस्ता खबर आएपनि यसको प्रभाव देखिउन ।

कतिपय मारवाडी समुदायका ब्रोकरहरु बजारबाट यो समूह नबाहिरिएको दाबी गरिरहेका छन् । तयही कारण बजारमा उनीहरु फर्किएभन्नु पनि गलत भएको उनीहरु बताउछन् ।

तरलता सहज भएको खबर आएपनि यसको तत्कालिन प्रभाव बैंकिङ प्रणालीमा परिनहाल्ने भएकोले पनि बजार सुधार हुन नसकेको सरोकारवालाहरु बताउछन् ।

‘बैंकहरुले कर्जा दिने प्रक्रियामा लामो समय लाग्ने गरेको छ, त्यसैले यसको प्रभाव तत्काल देखिने हुदैन्,’ ती ब्रोकरले भने । लगानीकर्ताहरुले बैंकहरुबाट पहिले लिइ आएको कर्जाको सावा/ब्याज भुक्तानी गर्ने समय भएको र बजार घटेकोले धितो समेत बढाउनु पर्ने अवस्था रहेकोले नयाँ कर्जा पाइहाल्ने अवस्था समेत नभएको एक लगानीकर्ता बताउछन् ।

एक सय ६० कम्पनीको सेयर कारोबार भएकोमा ३० कम्पनीको मात्र सेयर मूल्य बढेर किनबेच भएको छ । बजारमा घट्ने कम्पनीको संस्था धेरै भएपनि ह्रासदर भने निकै कम छ । ७९ कम्पनीको सेयर मूल्य दुई प्रतिशतभन्दा कमदरमा बढेको छ ।
कारोबारमा आएका कुनै पनि समूहगत सूचक बढ्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment