Comments Add Comment

प्रधानमन्त्रीदेखि वडाध्यक्षसम्म विपन्न विद्यार्थीको अभिभावक बन्नुपर्ने

कानून मन्त्रालयको सचिवमा राजीव गौतम सरुवा, डिल्ली घिमिरेको बढुवा

२७ चैत,काठमाडौं । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्यालयका सचिव राजीव गौतमलाई कानून मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।

यसअघिका सचिव कमलशाली घिमिरे अवकाश भएपछि रिक्त रहेको स्थानमा गौतम सरुवा भएका हुन् ।

त्यस्तै कानून मन्त्रालयका सहसचिव डिल्ली घिमिरेलाई सचिवमा बढुवा गरि प्रधानमन्त्री कार्यालयमा पदस्थापन गरिएको सूचना तथा सन्चार राज्यमन्त्री गोकुल बास्कोटा जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार विहान बसेको बैठकले सो निर्णय गरेको हो ।

स्वेच्छिक अभिभावक बन्न आह्वान

बैठकले शिक्षाको अवसरबाट बन्चित भएका बालबालिकालाई खोजेर विद्यालय भर्ना गर्न र स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न सबैलाई आह्वान गरेको छ ।

प्रधानमन्त्री र मन्त्रीदेखि राजनीतिक दलका पदाधिकारी तथा पेशाकर्मीले कम्तिमा एक बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्नका लागि यो निर्णय भएको हो ।

आर्थक रुपले विपन्न,सीमान्तकृत र लोपोन्मुख समुदायका वालवालिका शिक्षाबाट बन्चित नहुन् भनेर सरकारले स्वेच्छिक अविभाावकत्वको अभियान चलाउन खोजेको राज्यमन्त्री बास्कोटाले बताए । यो अभियानबाट कम्तिमा ५० हजार बालवालिका विद्यालय जान सक्ने उनले बताए ।

सरकारले आधारभूत तहको विद्यालय शिक्षा निःशुल्क गरेको छ । किताव र शुल्क निःशुल्क भए पनि उनीहरुको पोशाक,स्टेशननरी, झोला,छाता लगायतका आधारभूत आवश्यकता पूरा गर्न स्वेच्छिक अविभाकत्वको योजना ल्याइएको हो ।

अब केन्द्रदेखि स्थानीय तहसम्मका सबै सरकारी पदाधिकारी, कर्मचारी, शिक्षक, लगायत सबै पेशाकर्मीले त्यस्ता एक विद्यार्थीको अविभावकत्व लिनेछन् ।

नागकिद्धारा नागरिकको उत्तरदायित्व ग्रहण गर्ने नीति सरकारले लिएको बास्कोटाले बताए । प्रधानमन्त्रीदेखि वडाध्यक्षसम्मले कम्तिमा एक बालबालिकको अभिभावकत्व ग्रहण गर्ने शिक्षा मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment