Comments Add Comment

सांग्रिला बैंकको हकप्रद सेयर बाँडफाँट

२८ चैत, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक समुह तर्फ को तीन लाख ९२ हजार सात सय ७२ कित्ता तथा सर्वसाधारण समुह तर्फको पाँच लाख नौं हजार दुई सय २५ कित्ता गरि जम्मा नौ लाख एक हजार नौ सय ९७ कित्ता हकप्रद सेयर बाँडफाँट गरेको छ ।

खोलिएका शिलबन्दि बोलपत्रहरुमध्ये संस्थापक समुह तर्फ रु. एक सय पाँच तथा सर्वसाधारण समुह तर्फ रु. एक सय ४२ भन्दा बढीको दरमा प्राप्त भएको बोलपत्रलाई दरखास्त भए जति सबै कित्ता सेयर बाँडफाँट गरिएको छ । बाँकी रहेको संस्थापक समुह तर्फ रु. १ सय ५ प्रस्ताव गर्ने बोलपत्रदातालाई ५४.२२ प्रतिशतले तथा सर्वसाधारण समुह तर्फ रु. एक सय ४२ प्रस्ताव गर्ने बोलपत्रदातालाई १६.१० प्रतिशतले दामाशाहीमा बाँडफाँट गरिएको प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए ।

बाँडफाँट भएसँगै अंकित मूल्यभन्दा बढि रकमले हुने जम्मा रु. दुई करोड ६६ लाख ४७ हजार सेयर प्रिमियम खातामा जम्मा हुनेछ । सेयर बाँडफाँटपछि बैंकको सेयर पूँजी रु. २ अर्ब ५० करोड पुग्ने नायव प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment