Comments Add Comment

वुद्धि भन्छन्-‘मलाई रोमान्स गर्न आउँदैन’

निर्माता भन्छन्-'चलचित्र बनाउनका लागि जग्गा नै बेचेँ'


शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘नेप्टे’ अहिले यसको संवाद र कलाकारका कारण चर्चामा छ । दयाहाङ राई, वुद्धि तामाङ, रोहित रुम्बा, छुल्ठिम गुरुङ लगायतका कलाकारको अभिनय रहेका कारण पनि चलचित्र पर्खाइमा छ । देवकुमार श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा पहिलो पटक नायक दयाहाङ राई खलपात्रको भूमिकामा छन् ।

चलचित्रको बिषयमा बोल्दै कलाकार वुद्दि तामाङले यसमा आफूले रोमान्स गरेको बताएका छन् । तर, आफूलाई रोमान्स गर्न नआउने उनले बताएका छन् । वुद्दिले ‘नेप्टे’ एउटा उत्कृष्ट चलचित्र बनेको पनि बताए । वुद्दिले दया र आफ्नो टिम एउटै भएकाले पनि धेरै चलचित्रमा देखिएको स्पष्ट पारे ।

वुद्दिले आफूलाई नाच्न नआउने तर अहिलेसम्म आफू नाचेको गीत हिट हुनुको कारण संजोग मात्र भएको बताए । निर्देशक देवकुमार श्रेष्ठले चलचित्रमा धेरै कलाकार भएपनि सानो भूमिका गर्ने कलाकारलाई पनि मिलाएर निर्माण गरेको बताए ।

यस्तै, चलचित्रका निर्माता रोहित रुम्बाले चलचित्र हेरेर दर्शक पूर्ण रुपमा सन्तुष्ट हुने बताए । चलचित्र हेर्दा दर्शकको पैसा खेरा नजाने उनको भनाई छ । उनले, आफूले यो चलचित्रका लागि जग्गा नै बन्धकमा राखेको भन्दै यदि यो चलचित्र चलेन भने आफू ५ बर्ष यो क्षेत्रबाट हराउने बताए । उनले, भक्तपुरको डेढ रोपनी जग्गा वेचेको र अरु सबै जग्गा बन्धकीमा राखेको पनि बताए ।

यदि, यो चलचित्र असफल भयो भने अर्को चलचित्र नबनाउने रोहितले बताएका छन् । यदि, हिट भयो भने अर्को राम्रो चलचित्र बनाउने रोहितले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment