Comments Add Comment

अब खानेकुरासँगै कप, प्लेट र चम्चा पनि खान पाइने

भारत । प्लास्टिकको अत्यधिक प्रयोगका कारण वातावरण र मानव स्वास्थ्यमा परिरहेको नकारात्मक असरबाट जोगाउनका लागि वैज्ञानिकहरुले दिनहुँ नयाँनयाँ प्रयोग र आविष्कार गरिरहेका छन् ।

सोही क्रममा वैज्ञानिकहरुले प्लास्टिकको प्रयोग हुने केही सामाग्रीहरु यस्तो पदार्थबाट बनाएका छन् जसलाई खान मिल्दछ ।

भारतको हैदरावादका नारायण पिसपति नामक वैज्ञानिकले अन्नको पिठोबाट चम्चा तयार गरेका छन् । उक्त चम्चा हामीले दिनहुँ खानका लागि प्रयोग गरिने चम्चाको रुपमा प्रयोग गर्न सकिन्छ । खानेकुरा खाइसकेपछि चम्चा प्लेटमा राख्नुपर्दैन, त्यसलाई कपाकप खाइदिए हुन्छ । किनकी त्यो पिठोको चम्चा पनि भोजनको एक भाग हो ।

त्यस्तै बेलायतका शोधकर्ताहरुले सामुदि्रक लेउबाट पानी राख्ने भाँडा तयार पारेका छन् । गार्जियन पत्रिकामा छापिएको रिपोर्टअनुसार समुद्री लेउबाट तयार पारिएको उक्त पानी राख्ने भाँडोले बोतलबन्द पानीका लागि प्रयोग हुने प्लास्टिकका बोतललाई विस्थापित गर्नसक्ने आशा गरिएको छ ।

बेलायतमै वैज्ञानिकहरुले गत वर्ष समुद्री लेउ तथा झारबाटै प्याकेजिंग सामाग्री तयार गरेका थिए । उक्त सामाग्रीले बर्गर तथा नुडल्स जस्तो तयारी खानाहरु प्याक गर्न सकिन्छ ।

त्यस्तै अमेरिकाको न्युयोर्कको एक कम्पनीले यस्तो कप तयार गरेको छ जसमा तपाइँ चिया वा जुस खाइसकेपछि कपलाई पनि खान सक्नुहुन्छ । त्यो कप पनि सामुद्रिक लेउ र झारबाट बनाइएको छ ।

त्यस्तै पेरुमा गहुँको च्याँख्लाबाट प्लेट तयार गरिएको छ, जसलाई खान मिल्दछ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment