Comments Add Comment

प्रदिपको ‘लिलिबिली’लाई मल्टिप्लेक्समा उच्च शो, कस्तो छ बुकिङ ?


भोली शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘लिलिबिली’लाई काठमाण्डौका मल्टिप्लेक्समा उच्च शो मिलेको छ । चलचित्रलाई क्यूएफएक्सले २५ शो उपलब्ध गराएको छ । अन्य मल्टिप्लेक्समा पनि चलचित्रले राम्रो शो पाएको छ ।

यो चलचित्रलाई ललितपुरको लाबिम मलमा ६ शो, काठमाण्डौको सिभिल मलमा ६ शो, यस्तै कुमारी हलमा ५ शो, जय नेपाल हलमा ३ शो र केहि हप्ता अगाडिबाट मात्र संचालनमा आएको छाया सेन्टरमा ५ शो मिलेको छ ।

चलचित्रका मुख्य नायक प्रदिप खड्काको स्टारडम र नायिका जसिता गुरुङको बढ्दो क्रेजका कारण पनि हलमा दर्शक आउने विश्वास हल संचालकहरुले गरेका छन् । यहिकारणले गर्दा पनि ‘लिलिबिली’ले चलचित्र ‘शत्रु गते’को दबदबा रहेको समयमा पनि २५ शो पाएको छ ।

चलचित्रको बुकिङ यो समाचार पार्दासम्म औषत छ । आज बेलुकासम्म चलचित्रको बुकिङ कस्तो हुन्छ, त्यसले भोलीको व्यापारको आँकलन गर्न सकिन्छ ।

मिलन चाम्सको निर्देशनमा तयार भएको यो चलचित्रलाई गोविन्द शाही, सुदिप खड्का र मिलनले मिलेर बनाएका हुन् । यस्तै, चैत्र ९ गतेबाट रिलिज भएको चलचित्र ‘शत्रु गते’लाई चौथो हप्तामा पनि क्यूएफएक्सले १६ शो दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment