Comments Add Comment

४२० अंक ओर्लिएर नेप्सेले गर्यो यो बर्षलाई विदाई

टेलिकम ‘अस्त्र’ बन्न छोडेन !


२९ चैत, काठमाडौं । एक वर्षमा चार सय २० अंक ओर्लिएर नेप्सेले यो वर्षलाई विदाई गरेको छ । गत वर्षको चैत अन्त्यमा १६७९ विन्दुमा रहेको नेप्से परिसूचक यो वर्षको अन्तिम कारोबार दिन विहीबार १२७७ विन्दुमा आइपुगेको छ । वर्ष अन्त्यमा सर्वसाधारण लगानीकर्ताले सहजै किनबेच गर्न सक्ने सेयरहरुको कारोबार मापक सूचक फ्लोट परिसूचक पनि ३५ अंकले घटेर ९२ विन्दुमा आइपुगेको छ ।

वर्ष अन्त्यमा बजार बढेको देखाउने प्रयास लगानीकर्ताहरुले यसपटक पनि गरेका छन् । विहिवार नेप्से परिसूचक कारोबार शुरु भएदेखि क्रमिक रुपमा बढ्ने क्रममा देखिएपनि अन्त्यमा वृद्धि चार अंकमा सिमित भयो । बजार बन्द हुनुभन्दा आठ मिनेट अगाडी लगानीकर्ताहरुले बजारलाई थप दुई अंकले बढाए । यसको लागि नेपाल टेलिकमको साहारा लगानीकर्ताले लिएको देखिन्छ । आठ मिनेट अघिसम्म घटेको नेपाल टेलिकम सूचीकृत ‘ंअन्य’ समूह एकाएक हरियो भएसँगै बजार थप बढेको छ ।

हुनतः अन्य केही समूहमा पनि अन्त्यमा सुधार भयो । बैंक र वित्त समूहको परिसूचक भने सुधार हुन सकेन । कारोबार रकम अन्तिम दिन भने केही बढेको छ । यसदिन लगभग ४४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

अन्तिम दिन मात्रै बजारमा ३ अर्ब २१ करोड रुपैयाँ (३ करोड २१ लाख कित्ता) बराबरको सेयर सूचीकृत भए । एक वर्षमा लगभग ९० अर्ब रुपैयाँको सेयर बजारमा थपिएको छ ।

८८ कम्पनीको सेयर मूल्य बढेर र ६३ वटा कम्पनीको मूल्य घटेर कारोबार भएको छ । एक सय ६५ कम्पनीको सेयर कारोबार भएको छ ।
एक करोडभन्दा माथिको सेयर कारोबार हुने कम्पनीको संख्या भने विहिवार बढेको छ । नबिल बैंकको संस्थापक सेयर कारोबार मात्रै दुई करोड रुपैयाँ कटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment