Comments Add Comment

फिफा बरियताः किर्गिस्तानको ठूलो छलाङ, नेपाल तीन स्थानमाथि उक्लियो

२९ चैत, काठमाडौं । फिफा विश्व वरियतामा नेपाल तीन स्थानमाथि उक्लिएको छ ।

विश्व फुटबलको नियमानकारी निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियता क्रममा नेपाल १६२ औं स्थानमा छ ।

किर्गिस्तानले ठूलो छलाङ मारेको छ । एकै पटक ४० स्थान माथि उक्लिएर ७५ औं स्थानमा आएको छ ।

एसियाली देशमा सबैभन्दा माथि इरान छ । इरान ३६ औं स्थानमा रहँदा अष्ट्रेलिया ४० र जापान ६० औं स्थानमा छ । सार्क देशमा भारत ९७ औं स्थानमा छ ।

फिफा विश्व वरियतामा जर्मनी पहिलो र ब्राजिल दोस्रो स्थानमा कायमै छ भने बेल्जियम दुई स्थान माथि उक्लिएको छ । पोर्चुगल चौथो र अर्जेन्टिना पाँचौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment