Comments Add Comment

त्रिभुवन विमानस्थल सुधारको कार्ययोजना बनाइँदै


२९ चैत, काठमाडौं । त्रिभुवन विमानस्थल सुधार गर्नका लागि कार्ययोजना बनाइने भएको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापा र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीबीच भएको छलफलले त्रिभुवन विमानस्थल सुधार कार्ययोजना बनाउने निर्णय गरेको हो ।

पर्यटन मन्त्रालयका सचिव कष्णप्रसाद देवकोटा र गृहमन्त्रालयका सचिव प्रेमकुमार राईलाई यस्तो कार्ययोजना बनाउने जिम्मा दिइएको छ । उनीहरुले कार्ययोजना आगामी सोमबारसम्ममा बनाइसक्नु पर्नेछ ।

विमानस्थलमा हुने गरेका विकृति रोक्नका लागि कार्ययोजना बनाउन लागिएको हो । पर्यटन मन्त्री अधिकारीले बिमानस्थल २१ घन्टा खुलाउनका लागि प्रयास गरिरहेका छन् ।

यसका लागि ३ सिफ्टमा अध्यागमनमा कर्मचारी खटाउने उनको तयारी भएको छ । गृहमन्त्री थापाले यसका लागि सुरक्षाकर्मीको प्रबन्ध गर्न आफू तयार रहेको भन्दै मन्त्री अधिकारलाई काम अघि बढाउन भनेका छन् ।

गृहमन्त्री बादलले विमानस्थल २१ घन्टा खोल्नका लागि सुरक्षाको कुनै समस्या नहुने बताएका छन् । ‘मानव तस्करी, सुन तस्करी जस्ता विभिन्न तस्करीसँगै विमानस्थलको सेवा सुधार र होर्डिङ बोर्डलाई समेत हटाउनका लागि योजना बनाउन लागिएको छ,’ गहृमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment