Comments Add Comment

सलमानसँग सम्बन्ध सुधार्ने प्रयासमा अर्जुन कपुर

बलिउड अभिनेता अर्जुन कपुरको सलमान खानसँग कुनै लडाईं-झगडा त परेको होइन, तर यी दुईको सम्वन्ध पटक्कै राम्रो छैन । खासगरी सलमान अर्जुनलाई फुटेको आँखाले पनि हेर्न चाहँदैनन् ।

यो तिक्तताको कारण हुन् सलमानकी भाउजु अर्थात अरवाज खानकी पूर्व पत्नी मलाईका अरोरा । मलाइका लामो समयदेखि अर्जुन कपुरसँग अफेयरमा रहेको चर्चा चल्दै आएको छ । अरवाजसँग सम्वन्ध तोडिनुमा उनको यो विवाहइतर सम्वन्ध नै प्रमुख तत्व रहेको थियो ।

जब मिडियाहरुमा अर्जुन र मलाईकाबीचको सम्वन्धका विषयमा गसिपहरु आउन थाले, त्यसलाई सलमानले पचाउन सकेनन् । आफ्नी भाउजुलाई अर्कैले घुमाइरहेको थाहा पाउँदा उनको मन जल्यो । र, उनले अर्जुनलाई फोन गरेर सम्झाए पनि ।

तर, अर्जुन पछि हटेनन् । ‘प्यार किया तो डरना क्या’ शैलीमा खुल्लमखुल्ला आफ्नो प्रेम प्रदर्शन गरे । तर, यसको नतिजा राम्रो भएन ।

मलाइकासँगको प्रेमले अर्जुनको करिअरमा धक्का लाग्यो । सलमानले मन नपराएका व्यक्ति भनेर धेरै निर्माता-निर्देशकहरु उनलाई फिल्म खेलाउन हच्किए । यो सिलसिला अहिले पनि जारी छ ।

आखिर नलागेपछि अर्जुन अहिले सलमानसँग सम्वन्ध सुधार्ने अभियानमा छन् । यसका लागि सलमानका दुई बहिनीहरुलाई प्रयोग गर्न खोजेका छन् । हालै मात्र कालो हरिण शिकार प्रकरणमा सलमान पक्राउ परेपछि उनी सलमानका बहिनीहरुसँग नजिकिएका हुन् । अर्जुनले उनीहरुलाई लगातार फोन गरेर ढाडस दिने गरेका थिए ।

बहिनीहरुले यो कुरा सलमानको कानमा पुर्‍याइसकेका छन् । तर, यसमा सलमानले कस्तो प्रतिक्रिया दिए भन्ने थाहा हुन सकेको छैन । तर, सलमान सहजै पग्लिने मानिस भने होइनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment