+
+

भाषा दिवस सम्पन्न, सञ्जालको अध्यक्षमा पुन: प्रा.डा. लुइँटेल

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ३० गते ११:३४


३० चैत, काठमाडौं ।  नेपाली भाषाको मानकीकरणविश्वव्यापीकरण र स्तरीकरणका लागि स्थापित मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय संजालको प्रथम साधारणसभा सम्पन्न भएको छ। सभाले प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेललाई दोस्रो कार्यकालका लागि निर्वाचित गरेको छ।

साधारणसभाले प्रा.डा. लुइँटेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति पनि चयन गरेको छ। समितिमा वरिष्ठ उपाध्यक्ष प्रा. भरतकुमार भट्टराईउपाध्यक्ष प्राज्ञ नरनाथ लुइँटेलमहासचिव सहप्राध्यापक डा. लक्ष्मणप्रसाद गौतमसचिव राधेश्याम लेकालीकोषाध्यक्ष सहप्राध्यापक डा. नारायणप्रसाद गैरे रहेका छन्।

यसरी नै सदस्यहरूमा घनेन्द्र ओझाप्रतीक ढकाल र लीला लुइँटेल निर्वाचित भएका छन्।

प्रथम भाषा दिवस सम्पन्न

संजालको आयोजनामा पहिलो पटक भाषा दिवससमेत सम्पन्न भएको छ। राजधानीमा आयोजित कार्यक्रममा संजालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेलले मानक नेपाली भाषालाई विकृत बनाउने दुष्प्रयास असफल भएको भन्दै अबका दिनमा पनि भाषाप्रेमीहरू मानक नेपाली भाषालाई विकृत बनाउनेहरूबाट सचेत हुनुपर्ने बताए।

प्रा.डा. लुइँटेलले समाज र जीवनसँग जोडिएको भाषालाई कसैको लहड र स्वार्थमा बिगार्न दिनु नहुने धारणा राखे। नियोजित रूपमा बिगारिन लागेको मानक नेपाली भाषालाई निकै कठिन र लामो संघर्षबाट सही बाटोमा ल्याएका छौँ’, उनले भने, ‘तर हामीले अझै ढुक्क हुने ठाउँ छैनखबरदारी गरिरहनुपर्छ।

संजालका सल्लाहकार प्रा.डा. देवीप्रसाद गौतमले भाषा र संस्कृतिमाथिको हस्तक्षेप र अतिक्रमण यसरी नै हुने बताउँदै पहिचानका रूपमा रहने मानक भाषालाई जोगाउन आफैँ सक्रिय हुनुपर्ने बताए। उनले संजालले मानक नेपाली भाषाका पक्षमा गरेका कामको प्रशंसा गर्दै आगामी दिनमा पनि संजालले अझ महत्त्वपूर्ण कार्य गर्ने अपेक्षा गरे।

यसैबीच संजालले प्रथम भाषा दिवसका अवसरमा सात बुँदे काठमाडौं घोषणापत्रसमेत जारी गरेको छ। 

घोषणापत्रमा संजालद्वारा विभिन्न निकायबाट गराइएका निर्णयहरूको कार्यान्वयन गराउनेकक्षा ११ र १२ मा अनिवार्य नेपाली विषय १००/१०० पूर्णांकको राख्न सशक्त दबाब दिनेविश्वविद्यालयका सबै संकायमा अनिवार्य नेपाली विषय अनिवार्य रूपमा समावेश गराउन जोड दिनेविभिन्न तहका पाठ्यक्रम र पाठ्यपुस्तकमा मानक नेपाली भाषाको प्रयोगसम्बन्धी निरन्तर अनुगमन गर्नेलोकसेवा आयोगमा अनिवार्य नेपाली विषय समावेश गराउन सशक्त दबाब दिनेसवारी साधनमा इम्बोस्ड नम्बर नेपालीमा राख्नका लागि सशक्त दबाब दिने र मानक नेपाली भाषा अभियानलाई अन्तर्राष्ट्रिय जगतमा विस्तार गर्ने उल्लेख छ।

मानक नेपाली भाषाका पक्षमा नेपाल सरकारले निर्णय गरेको दिन चैत २९ लाई भाषा दिवसका रूपमा मनाउने संजालले गत वर्ष नै घोषणा गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?