Comments Add Comment

नयाँ वर्षको दिन भोलि नारायणगढ मुग्लिन सडक बन्द नहुने

३०, चैत्र, चितवन । निर्माणाधीन नारायणगढ मुग्लिन सडकखण्ड नयाँ बर्षको दिन शनिवार (भोलि) खुल्ला रहने भएको छ ।

हरेक दिन बिहान १० बजेबाट दिउँसो ४ बजेसम्म बन्द गरे निर्माण भैरहेको सडक शनिबार दिनभरी खुल्ला रहने आयोजनाका सूचना अधिकारी शिव खनालले अनलाइनखबरलाई जानकारी दिए ।

‘नयाँ बर्षको दिन सवैलाई आवातजातवमा सहज होस् भनेर बन्द नगर्ने निर्णय गरियो’ खनालले भने, ‘कामदारहरुले पनि काम नगर्ने र नयाँ वर्ष मनाउने मुड बनाए । वैशाख २ गतेबाट भने पुनः १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरी काम रोकिने खनालले बताए ।

निर्माण जारी सडकको हालसम्म ८८ प्रतिशत काम सकिएको छ । आगामी मे ३० तारेखसम्म निर्माणको काम सकिसक्ने गरी अन्तिम समयावधि थप गरिएको छ । भरतपुरको आँपटारीबाट मुग्लिनसम्म ३३.२ किलोमिटर रहेको सडकको २८.५ किलोमिटर सडक पहिलो तह कालोपत्रे भइसकेको छ ।

दोस्रो तह २५ किलोमिटर र तेस्रो तह ५.५ किलोमिटर पिच भएको छ । पहिलो तहको कालोपत्रेलाई नै मुख्य जोड गरेको जनाउँदै सूचना अधिकारी खनालले भने, ‘दोस्रो र तेस्रो तहको पिच सक्न १ महिना पनि लाग्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment