Comments Add Comment

मनै लोभ्याउने मुस्ताङ (फोटो फिचर)


१ वैशाख, काठमाडौं । हिजोआज मुस्ताङको मुक्तिनाथ भ्रमणमा जाने पर्यटकको संख्या बढेको छ । जाडो सिजन सकिएकाले मुक्तिनाथ भ्रमणका लागि यो उपयुक्त सिजन मानिन्छ । मुक्तिनाथसम्म नै गाडी पुग्ने भएकाले पनि यो वर्ष पर्यटकको चाप बढी छ । मुत्तिनाथ जानेमा भारतीय पर्यटकहरुको संख्या धेरै छ ।

म्याग्दीको बेनीदेखि मुस्ताङको कागबेनीसम्म ठाउँठाउँमा सडक मर्मत हुँदैछ । कागवेनीदेखि मुक्तिनाथसम्मको सडक भने कालोपत्रे गरिएको छ ।

यी तस्वीरहरु म्याग्दीको सदरमुकाम बेनीबाट मुक्तिनाथ जाँदा बाटोमा खिचिएका हुन् । मुस्ताङको मौसम अहिले निकै सफा छ । विहान ५ बजेदेखि नै हिमालहरु निकै खुलेको देखिन्छ । दिउँसो १२ बजेपछि भने विस्तारै हावा चल्न थाल्छ र हिमालहरु सबै तुवालोले ढाकिदै जान्छ ।

यस वर्ष हिमाल सेतो नदेख्दा मन खिन्न भयो । यसअघि म २०११ मा मुक्तिनाथ जाँदा हिमालभरी हिउँ देखिएको थियो । तर अहिले हिउँ निकै कम देखियो । हिमालहरु काला देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment