Comments Add Comment

कविता: नयाँ वर्ष

नयाँ वर्ष !
ओ नयाँ वर्ष !
तिमीले सुनेनौ ?
आऊ आऊ
निर्विघ्न, निर्वाध आऊ
जनजनले बोध गर्ने गरी
केही नयाँ, केही मधुर, केही सुन्दर
सन्देश लिएर आऊ !

नयाँ वर्ष तिमीलाई थाहा छ
हामीले धेरै दुःख भोग्यौं
१०४ वर्ष भोग्यौं,
जहाँ शिक्षा, स्वास्थ्य र मानवता
शून्य शून्य थियो
२०१७ साल भोग्यौं
जहाँ प्रजातन्त्रको कल्कलाउँदो बिरूवा
निमोठिएको थियो ।

१० वर्षे युद्घको त्रास भोग्यौं
जुन दृश्यको अमिलो झझल्को
हाम्रो मानस पटलमा अझै छ
त्यतिमात्र कहाँ हो र !
कति आश्वासन
कति डर
कति त्रास
भोग्नु भोग्यौँ
दु:खका अनन्त शृङ्खला

ओ नयाँ वर्ष
अब चाहिँ हामीलाई
त्यस्तो इतिहास चाहिँदैन
बस हाम्रा लागि
शान्त सौम्य सिर्जनशील
चन्द्र सूर्यको झिल्मिलझिल्मिल
किरण लिएर आऊ
मेचीकालीको कलकल सा रे ग म मा
हिमाल, पहाड, तराई नचाउने
एकताको रोधी लिएर आऊ !
बस हामीलाई त्यस्तो वर्तमान देऊ
जहाँ तीन करोड नेपालीको छातीमा
एउटै ढुकढुकी भेटियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment